इटहरीमा रामचन्द्र पौडेल समूह रुष्ट
इटहरी : इटहरीमा रामचन्द्र पौडेल समूहले आफ्नो मान्छेलाई उम्मेदवार नबनाएको भन्दै रुष्ट भएको छ । मेयरका मुख्य दाबेदार मानिएका हेम कर्णले टिकट नपाएपछि नेपाली कांग्रेस सुनसरीमा तीर्व विवाद देखिएको हो।
कांग्रेसले इटहरी उप महानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएको छ । इटहरीमा पौडेल पक्षको बाहुल्यता भएपनि कार्यदलले प्रसाईलाई उम्मेदवार बनाएपछि कर्ण पक्षधरका नेता/कार्यकर्ता रुष्ट भएका हुन् । कर्णले प्रदर्शन गरेका छन् ।
मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । पौडेल समर्थकले निर्णय सञ्चाउन चेतावनी दिएका छन्।