चित्रबहादुर केसी भन्नुहुन्छ- मधेशकेन्द्रित दलले दोहोरो चरित्र देखाए
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मेधशकेन्द्रित नेताहरुले दोहोरो चरत्रि देखाएको आरोप लगाउनुभएको छ । व्यवस्थापिका संसद बैठकमा सम्बोधन गर्दै केसीले भन्नुभयो-‘प्रधानमन्त्रीको निर्वाचन भयो कि भोट हाल्नुहुन्छ संविधान मान्नुहुन्छ, तर स्थानीय चुनावको कुरा गर्यो कि संविधान मान्दिन भन्नुहुन्छ'
केसीले तीन जना प्रधानमन्त्रीलाई भोट हाल्नका लागि मधेसी मोर्चालाई संविधान स्वीकार्य हुने तर जनताले भोट हाल्ने बेला अस्वीकार्य हुनु दोहोरो चरित्र भएको बताउनुभयो ।