काश्मिर विवादकै बीच भारत र पाकिस्तानका प्रधानमन्त्रीको भेट

काश्मिर विवादकै बीच भारत र पाकिस्तानका प्रधानमन्त्रीको भेट

नयाँ दिल्ली : भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ। गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबीच भेटघाट भएको जनाइएको छ।

काश्मिर भूभागका कारण यी दुई देशका बीचमा राम्रो सम्बन्ध रहने गरेको छैन। तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबीच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्तानमा भेटभयो र उहाँहरुले हात मिलाउदै एक आपसमा अभिवादन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ।

उहाँहरु कजाकिस्तानमा जारी साङ्घाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ। बिहीबार साँझ उक्त संस्थाको उद्घाटनका क्रममा उहाँहरुबीच भेट भएको हो।

उहाँहरुबीच यसअघि सन् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो।

भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबीच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन्।

सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतङ्ककारी हमलापछि यी दुई देशबीचमा लामो विवाद उत्पन्न हुदै आएको छ।

सो हमलामा पाकिस्तान संरक्षित आतङ्ककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ। तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ।

भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ। जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबीच औपचारिक वार्ताहरु पनि रोकिएका छन्। रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.