चीन भारत सम्बन्ध पारस्पारिक विश्वासमा आधारित:चिनियाँ राष्ट्रपति

चीन भारत सम्बन्ध पारस्पारिक विश्वासमा आधारित:चिनियाँ राष्ट्रपति

अस्ताना : चीन र भारतबीचको सम्बन्ध आपसी सहयोग र साझेदारितामा आधारित हुनुपर्नेमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले जोड दिनुभएको छ ।

कजाकिस्तानको अस्तानामा शुक्रबार चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको द्विपक्षीय वार्तापछि राष्ट्रपति सिले यो धारणा राख्नुभएको हो ।

विश्वका दुई ठूला विकासशील देश भारत र चीनले आपसी सहयोग, समन्वय र साझेदारिताका आधारमा अघि बढ्ने विश्वास सो भेटमा व्यक्त गरेको समाचारमा जनाइएको छ ।

कजाकिस्तानको अस्तानामा सुरु भएको साङ्घाई कोअपरेशन अर्गनाइजेसनको १७औँ सम्मेलनमा सहभागी हुन त्यहाँ रहनुभएका नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो ।

सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले भारतसँग मिलेर काम गर्न, थप लगानीको दायरा बढाउन र राजनीतिक विश्वासको वातावरण थप बढाउन आफू तयार रहेको बताउनुभएको हो ।

ती बैठकमा चिनियाँ राष्ट्रपतिले चीनले थप राजनीतिक विश्वासको वातावरण निर्माण गर्न, थप उच्चस्तरीय सहयोग र साझेदारिताका क्षेत्रहरुको पहिचान गर्न तथा व्यापार र लगानीका अवसरहरु खोज्न पनि आग्रह गर्नुभएको थियो ।

उहाँले भारतसँग विकासका प्रयासलाई दुई देशले एकसाथ अघि बढाउन र क्षेत्रीय सडक सञ्जालको विकास गर्न आवश्यक पहल सुरु गर्नुपर्नेमा पनि सो भेटमा जोड दिनुभएको थियो ।

उक्त सम्मेलनमा सहभागिताका लागि विश्वका अरु देशका पनि सरकार तथा राज्य प्रमुखहरु अस्तानमा जम्मा हुनुभएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.