विद्यार्थीलाई तनाव व्यवस्थापन तालिम दिइयो
काठमाडौं : लियो क्लब अफ काठमाडौं निर्बानाको आयोजनामा एक दिने तनाब ब्यबस्थापन कार्यशाला सम्पन्न भयको छ । झापा कलेज, दमक झापाका स्नातकस्तरका विद्यार्थीलाई तनाव व्यवस्थापनका मनोबैज्ञानिक तरिकाहरु बारे प्रशिक्षण दिइएको थियो । कार्यशालामा तनाव व्यवस्थापनका विभिन्न पक्षकाबारेमा जानकारी दिइएको थियो ।
क्लबका प्रथम उपअध्यक्ष लिओ जगन्नाथ पोख्रेल र क्लबका अध्यक्ष लिओ मनिष राज शाहले जानकारी तनाव व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । क्लवले वार्षिकरुपमा यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको छ ।