इरानमा पक्राउ परे आईएसका दर्जनौं जासुस

इरानमा पक्राउ परे आईएसका दर्जनौं जासुस

तेहरान : इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट (आइएस)का दर्जनौ जासुसलाई इरानी प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार तेहरानमा भएको आक्रमणमा परी १७ जनाको मृत्यु भएको थियो भने  आक्रमणको जिम्मेवारी जिहादी समूहले लिएको थियो । गृह मन्त्रालयले ४१ जना शंकास्पद व्यक्तिलाई इरान र टर्कीको सीमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरिएको जनाएको छ ।
शंकास्पद ती व्यक्तिहरु आर्इएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही 'एजेण्ट अफ डाईस' रहेको प्रहरीले दावी गरेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतंकवादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानसमेत नियन्त्रणमा लिएको जनाइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.