सुरक्षा कारबाहीमा एक दिनमा २३ लडाकु मारिए
काबुल: अफगानिस्तानको सुरक्षा फौजले विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीका क्रममा २३ जनाको मृत्यु भएको छ।
फर्याब, बाडाख्सान, कुन्दुज र हेल्मण्डलगायतका प्रदेशमा गरिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयले शनिबार जनाएको छ।
सुरक्षा कारबाहीका क्रममा अरु नौ जना घाइते भएका छन् भने दुई जनालाई अफगान राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा फौजले पक्राउ गरेको छ।
सुरक्षाकर्मीले घटनास्थलबाट ठुलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ।
उनीहरुले सरकारी सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा केही बताएका छैनन्। रासस/सिन्ह्वा