भारतमा ट्रक र अटो रिक्सा ठोक्किदा आठ जनाको मृत्यु

भारतमा ट्रक र अटो रिक्सा ठोक्किदा आठ जनाको मृत्यु

नयाँदिल्ली: भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन्।

'जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

पीडित एक धार्मिक कार्यक्रममा सहभागी भएर अटो रिक्सामा फर्किदै थिए,” प्रहरी अधिकारी राजनीकान्त मिश्रले बताउनुभयो।

उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । घाइतेहरुमध्ये दुई जनाको अस्पतालमै गम्भीर अवस्थामा उपचार भइरहेको उहाँको भनाइ छ।

भारतमा यस्ता सवारी दुर्घटनाहरु अत्याधिक हुने गरेका छन्। यो संसारकै सबै भन्दा धेरै दुर्घटना हुने देशमा पर्दछ। एक तथ्याङ्कअनुसार भारतमा दैनिक चार सय जनाको सवारी दुर्घटना कै कारण मृत्यु हुने गरेको छ।

पर्याप्त मर्मत नगरेको सवारी साधन, विग्रेको बाटो र चालकको लापर्बाहीका कारण यती धेरै दुर्घटना हुने गरेको अधिकारीको भनाइ छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.