अफगान सेनाद्वारा आफ्नै टोलीका अमेरिकी सैनिकको हत्या
जलालावाद : अफगानस्तान र अमरिकी सैनिकको सुंयुक्त सैन्य अभियानका क्रममा एक अफगानी सैनिकले दुई अमेरिकी सेनाको हत्या गरेका छन् । इस्लामिक स्टेटको प्रभाव क्षेत्र मानिने अफगानस्तानको नान्गाहार प्रान्तमा शनिबार संयुक्त सैन्य अभियानकाका क्रममा सोही टोलीमा सामेल अफगान सैनिकले दुई अमेरिकी सैनिकको हत्या गरेको अफगान सुरक्षा स्रोतले जानकारी जनाएको छ ।
साथै दुईजना अमेरिकी सैनिक घाइते भएको नान्गाहार प्रान्तका प्रवक्ता अतोल्लाह खगोनीले बताउनुभयो। घटनापछि आफ्नै सहकर्मीमाथि आक्रमण गर्ने आक्रमणकारी अफगानी सेनाको पनि जवाफी कारबाहीमा मृत्यु भएको खगोनीले बताउनुभयो । रासस/एएफपी