श्रीलंकाले लुम्बिनीको विकासमा सहयोग गर्छ : राजदूत पेरेरा

श्रीलंकाले लुम्बिनीको विकासमा सहयोग गर्छ : राजदूत पेरेरा

काठमाडौँ : नेपालका लागि श्रीलंकाकी राजदूत 'डब्लू एस पेरेरा'ले सामाजिक न्याय तथा सहअस्तित्वका लागि बुद्ध दर्शन तथा साहित्यको महत्व रहेको बताउनुभएको छ । सम्राट अशोकले श्रीलंकामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित 'विशेष बुद्ध पूजा' कार्यक्रममा उहाँले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलंकाबीच बलियो सम्बन्ध रहेको बताउनुभयो ।

ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध दर्शनलाई अवलम्बन गरी एसियाका विभिन्न मुलुकमा प्रवद्र्धन गरेका कारण बौद्ध साहित्यमा उनको परिचय आउने गरेको बताउँदै श्रीलंकाले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले इसा पूर्व तेस्रो शताब्दीमा अशोकका छोरा महिन्द्रले श्रीलंकामा बुद्ध दर्शन तथा साहित्यको प्रचार गरेको जानकारी गराउनुभयो ।

अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले पञ्चशीलको प्रार्थना गर्दै बुद्ध दर्शनको विकास तथा साहित्यलाई अशोकले प्रवद्र्धन गर्नुका साथै लुम्बिनीमा अशोकस्तम्भ गाडेकाले बुद्धको जन्मस्थलकाबारेमा विवाद गर्न नहुने बताउनुभयो ।

चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विशेष बुद्ध पूजा गर्दै बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि तत्कालीन नेपाल मण्डलका साथै श्रीलंका, बर्मा, थाइल्यान्डलगायत विभिन्न मुलुकमा आफ्ना छोराछोरी तथा विश्वासिला दूत पठाएको जानकारी गराउनुभयो । प्रत्येक वर्ष जेठ पूर्णिमाको अवसरमा दूतावासले यस किसिमको पूजा गर्ने गर्छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.