भरतपुरको सुनुवाई रोकियो
काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को सुनुवाई आइतवार रोकिएको छ । समय अभावका कारण देखाउँदै सो रिटको सुनुवाई आइतवारको कार्यसूचीबाट हटाइएको हो ।
न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले २८ गतेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
भरतपुर १९ वडाका मतदातासमेत रहेका अभिवक्ता तुल्सिराम पाण्डे र भरतपुर-१९ का नेकपा एमाले खुलातर्फका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विश्वकर्माले आयोगको पुन निर्वाचन गर्ने निर्णयको विरुद्व सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
च्यातिएका ९० मतपत्र मात्र बदर गरेर आयोगको निर्णय सञ्चाउन रिटमा उत्प्रेषण माग गरिएको छ । निर्वाचन आयोगको निर्णय एमालेले अस्वीकार गर्दै आएको थियो भने कांग्रेस-माओवादीले वडानम्बर १९ मा पुनः मतदानको माग गरेका थिए ।