राजपालाई निर्वाचनमा सहभागी गराउने प्रधानमन्त्रीको कसरत

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रधानमन्त्रीको कसरत

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टीका नेताहरुलाई अधिक्तम सहमतिमा ल्याएर निर्वाचनमा सहभागी गराउने कसरत गरिरहनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा देउवासहित सत्ता गठबन्धनका नेताहरु राजपाका नेताहरु वीच छलफल भइरहेको छ ।


‘हामी राजपालाई अधिक्तम सहमतिमा ल्याएर असार १४ गते स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराउने गरी अहिले छलफलमा छौ’देउवाले टवीट गर्नु भएको छ । सत्ता गठबन्धनसँग शनिवार भएको छलफलमा राजपाका नेताहरुले असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्न प्रस्ताव गर्नु भएको थियो । सत्ता गठबन्धनका नेताहरुले राजपाको प्रस्ताव अस्वीकार गर्नु भएको छ ।


राजपाले निर्वाचन अघि संविधान संशोधन गर्नु पर्ने माग राखेको छ भने प्रधानमन्त्री देउवाले चुनाव भन्दा पहिले संविधान संशोधन गर्न नसकिने बताउँदै आउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.