सत्ता पक्ष चुनाव सार्न तयार नभएपछि राजपा आन्दोलन घोषणाको तयारीमा

सत्ता पक्ष चुनाव सार्न तयार नभएपछि राजपा आन्दोलन घोषणाको तयारीमा

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सहभागी भएर आफूलाई सहयोग गर्न गरेको आग्रहलाई राष्ट्रिय जनता पार्टीले अस्वीकार गरेको छ । प्रधानमन्त्री देउवाको आग्रह अस्वीकार गरी फर्केको राजपा आन्दोलन घोषणाको लागि बैठकमा बसेको छ ।
‘हामी हाम्रा मुद्दा सम्बोधन नभएसम्म चुनावमा सहभागी हुन सक्दैनौ भनेर हामीले प्रधानमन्त्रीलाई प्रष्टयाएका छौ,अव हामी आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौ’राजपाका नेता अनिल झाले अन्नपूर्णसँग भन्नुभयो ।

‘मलाई चुनाव गर्न दिनुस,तपाईहरुले चुनाव सहभागी भएर मलाइ सहयोग गर्नुस’ प्रधानमन्त्री देउवाको भनाई उघृत गर्दै राजपाका अर्का एक नेताले भने ‘हामीले तपाईलाई सहयोग गर्न चाहदा चाहदै पनि हाम्रा मुद्दा सम्बोधन नभएका कारण हामीले सहयोग गर्न नसक्ने भयौ भनेर पनि बताएका छौ ।’ देउवालाई प्रधानमन्त्री हुन राजपाले पनि समर्थन गरेको थियो ।
राजपाका नेताहरुले देउवालाई वार्ताका लागि आफू आन्दोलनकै क्रममा पनि तयार रहेको जनाउ दिनु भएको छ ।

बैठकमा सहभागी नेकपा माओवादी  केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो 'राजपा सङ्गको बार्ता आज पनि सफल हुन सकेन।निर्बाचनको मिति नसारे र स्थानीय तहको संख्या बृद्दी नगरे निर्वाचनमा भाग नलिने राजपाको अडानमा असहमति भयेा ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.