राजपालाई चुनावमा सहभागी गराउने गरी ऐन संशोधन गर्न सरकार तयार
काठमाडौ : राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्न सरकार तयार भएको छ ।
मन्त्रिपरिषदको आइतवार सिंहदरवारमा बसेको बैठकले सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागी गराउन सहज गराएको हो ।
राजनीतिक दलको मान्यता,झण्डा र चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा ऐन संशोधन गर्न लागिएको हो । सो सम्बन्धी बिधेयक व्यवस्थापिका संसदमा दर्ता गर्ने निर्णय बैठकले गरेको विनाविभागी मन्त्री प्रभु साहले जानकारी दिनुभयो ।