तराई मधेशमा पनि एमाले पहिलो पार्टी हुने ओलीको दावी

तराई मधेशमा पनि एमाले पहिलो पार्टी हुने ओलीको दावी

नेपालगन्ज :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दावी गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले त्यस्तो दावी गर्नु भएको हो ।

ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि बताउनु भयो । उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनुभयो ।


उहाँले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो । उहाँले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने बताउनु भयो
उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २÷४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनु भयो ।
उहाँले असार १४ गते निर्वाचन सार्ने कुरा कुनै हालत स्वीकार्य नहुने बताउनु भयो । अध्यक्ष वली निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘ठुक्क हुनु होस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’

उहाँले उम्मेदवार नपाएर असन्तुष्ट रहेको कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन निर्देशन दिनु भयो । ‘असन्तुष्ट भए निर्वाचनपछि सच्याउला तर अहिले साना तिनी कुरामा तपाईहरु नअल्झिनु होला’अध्यक्ष ओलीले भन्नु भयो ।

उहाँले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्नु भएको छ । समसुद्धिन सिद्धिकी २०५४ सालको स्थानिय निर्वाचनमा एमालेका तर्फ उपमयेर हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.