कमल थापाका भाइ गणेश राप्रपा मकवानपुरको अध्यक्ष चयन

 कमल थापाका भाइ गणेश राप्रपा मकवानपुरको अध्यक्ष चयन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा सांसद तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा चयन हुनुभएको छ।

राप्रपा जिल्ला कार्य समितिको आइतबार बसेको बैठकले जिल्ला अध्यक्ष रामहरी न्यौपानेको राजीनामा स्वीकृत गर्दै थापालाई अध्यक्ष चयन गरेको नेता राजाराम बर्तौलाले बताउनुभयो।

स्वास्थ्य र घरासयी कारण देखाउँदै न्यौपानेले शनिबार जिल्ला पदाधिकारी बैठकमा राजीनामा दिनुभएको थियो। तत्कालिन राप्रपा नेपाल मकवानपुरको जिल्ला अधिवेशनबाट २०७३ साल जेठ २५ गते रामहरि न्यौपाने जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि २०७३ माघ २६ गतेको जिल्ला अधिवेशनले पनि न्यौपानेलाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको थियो।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लाको कुनैपनि स्थानीय तहमा नेतृत्व विजयी नभएपछि न्यौपानेलाई नैतिक दबाव परेको थियो।

स्थानीय तह निर्वाचनमा जिल्लाका दश स्थानीय तहको पाँच सय ३० प्रतिनिधिमध्ये राप्रपाका एकजना उम्मेदवार मात्रै वडा सदस्य विजयी भएका थिए।
न्यौपानेले स्वास्थ्य, पारिवारिक कारण र स्थानीय तहमा पार्टीको कमजोर नतिजाकै कारण राजीनामा दिएको बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष गणेश थापाले सबैलाई समेटेर पार्टीलाई सुदृढ बनाउन आफू लागिपर्ने बताउनु भएको छ। दुई दशक अखिल नेपाल फुटबल संघमा क्रियाशिल हुनुभएका थापा दुई वर्षदेखि मकवानपुुरको राजनीतिमा क्रियाशिल हुनुहुन्छ। गणेश थापा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाका भाइ हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.