अदालतले छाडिदियो जुगुँ घटनाका अभियुक्त

अदालतले छाडिदियो जुगुँ घटनाका अभियुक्त

चरीकोट :  अदालतले अन्याय गरेको भन्दै जुगुँ घटनाका पीडित सदरमुकाम चरीकोटमा न्याय माग्न आइपुगेका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा गत वैशाख २६ गते माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको झडपमा परी ज्यान गुमाउनुभएका कुलबहादुर तामाङको परिवारले पक्राउ परेकालाई जिल्ला अदालतले छाडिदिएपछि अन्याय गरेको आरोप लगाएको छ ।

पक्राउ परेका सबैलाई जेठ २६ गते साधारण तारेखमा केही दिनअघि अदालतले छाडेपछि मृतकका परिवार आफूलाई अन्याय भएको भन्दै सदरमुकाम चरीकोट आएका हुन् । गौरीशंकर गाउँपालिका १ हुप्पा घर भएका मृतक तामाङ वडा सदस्यका उम्मेदवार बुबा गोरे तामाङको निर्वाचनको प्रचारप्रसारमा हिँड्नुभएको थियो । सुरुमा माओवादी केन्द्रमै आबद्ध तामाङको परिवार निर्वाचनको केही समयअघि मात्र एमाले प्रवेश गरेको थियो । मृतकका बुबा गोरेले आफ्नो छोरालाई राजनीतिक प्रतिशोध साँध्ने बदनियतले आक्रमण गरी हत्या गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

मृतकका बुबाले जारी गरेको अपिलपत्रमा घटनाका मुख्य योजनाकार माओवादी केन्द्रकी नेता एवं पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा आफ्नो छोरालाई मारेको भन्दै नेत्री खड्कासहित ३९ जनाको नाममा किटानी जाहेरी दर्ता गर्नुभएको थियो । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई साधारण तारेखमा छाड्ने आदेश गरेको विषयले आफूलाई विचलित बनाएको उहाँले बताउनुभयो।

अदालतले अन्याय गरेको भन्दै आइतबार सदरमुकाम चरीकोटमा मौन र्‍यालीसमेत निकालिएको छ ।

अदालतको यस्तो आदेशले न्याय मरेको र पीडितले सम्मानित अदालतको भरोसामा रहने दिन सकिएको अनुभूति आफुहरूले गरेको उहाँको भनाइ छ । अदालतले अन्याय गरेको भन्दै आइतबार सदरमुकाम चरीकोटमा मौन र्‍यालीसमेत निकालिएको छ । र्‍यालीले सातदोबाटो चोक ‍हुँदै जिल्ला अदालतको परिक्रमा गरेको थियो ।

यता माओवादी केन्द्रले भने एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई फसाउन खोजेको भन्दै एक साताअघि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षणपत्र बुझाएको थियो । माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा दुई पार्टीबीच चुनावी प्रचारका क्रममा झडप हँदा घाइते तामाङलाई एमाले कार्यकर्ताले नै मारेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.