व्यवसायी खोजीमा दवाव दिन तुलसीपुर बजार बन्द

व्यवसायी खोजीमा दवाव दिन तुलसीपुर बजार बन्द

तुलसीपुर : प्रजातान्त्रिक उद्योग व्यापार संघले व्यवसायी राजकुमार श्रेष्ठको खोजीमा दवाव दिन आज बिहान तुलसीपुर बजार बन्द गरेको छ । तुलसीपुरका कपडा व्यवसाय सञ्चालन गर्दै आएका बुटवल वस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार रातिदेखि सम्पर्क बिहिन भएको भन्दै खोजीमा दवाव दिन सोमबार ११ बजेसम्म तुलसीपुर क्षेत्र बन्द गरेको छ ।

श्रेष्ठ खोजीमा उदासिन भएको भन्दै व्यापार संघले तुलसीपुर बजार पुर्णरुपमा बन्द गराएको छ । बन्दका कारण बजार सुनसान छ । सवारीसाधान पनि थप्प भएको छ । घरबाट शुक्रवार साँझ रोटरी क्लबको कार्यक्रमका लागि भनेर जानु भएका श्रेष्ठ शनिवार दिउँसोसम्म पनि घरमा नफर्किएपछि खोजी सुरु भए पनि अवस्था अझै अज्ञात छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले श्रेष्ठको खोजी कार्य जारी राखेपनि अझै पत्ता लाग्न नसकेको बताउनुभयो । छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले परिवारको निवेदन अनुसार खोजी सुरु गरेको जानकारी दिनुभयो । श्रेष्ठ सवार गाडी राप्ती राजमार्ग अन्तरगत सल्यानको जंगलमा भेटिएको थियो । उहाँको गाडी भेटिएको क्षेत्रमा दाङ र सल्यानको प्रहरीले खोजी तथा अनुसन्धान गरिरहेका तिम्सिनाको भनाइ छ ।

श्रेष्ठ सवार बा ११ च १०७१ नम्बरको गाडी त्यो संगै अर्को भारतीय नम्बर प्लेटको गाडी सल्यानको रिममा फेला परेको थियो । दुवै गाडीको टायरको हावा गएको अवस्थामा फेला परेको र गाडिमा कुनै पनि सामग्री नभएको तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठको अपहरणको आशंका गरेको छ ।


यस अघि पनि तुलसीपुरका व्यवसायी रत्नबहादुर ओली सम्पर्क बिहिन हुनु भएको थियो । ओलीको शव २८ औँ दिनमा घोराही लमही सडकको चौपट्टा जंगलमा भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.