सरसफाइको काममा प्रशस्तै अवसर

सरसफाइको काममा प्रशस्तै अवसर

कुसुम भुजेलले भारतको मुम्बईबाट हस्पिटालिटी म्यानेजमेन्ट पढेर आएकी हुन् । नेपाल फर्किएपछि उनी केही समय बैंकमा जागिरे भइन् । त्यसपछि एउटा क्लिनिङ कम्पनीमा सिनियर सुपरभाइजरको रूपमा काम गरिन् । यही अनुभवका आधारमा उनले आफ्नै कम्पनी खोल्ने निधो गरिन् । उनको योजनामा पार्टनरसिप गर्न तयार भइन्, समिता लामा ।

कुसुम र समिताको जोडीले सुरु गरेको प्रतिष्ठा क्लिनिङ एन्ड सर्भिस प्रालि स्थापनाको तेस्रो वर्ष भएको छ । बैंकको जागिर छाडेपछि आफूजस्ता कैयौं महिला कामको खोजीमा छटपटाइरहेको कुसुमले देखिन् । महिला भएपछि जागिर पाउन कि त आफन्तै चाहिने कि गतिलै भनसुन चाहिने भएकाले उनले थोरै मेहनत र लगानीले अरूको लागि समेत केही गर्न सकिन्छ कि भनेर कम्पनी खोलेको बताइन् । निरक्षर वा शैक्षिक योग्यता कम भएका, हातमा सीप नभएका र कुनै पनि सोर्सफोर्स पनि लगाउन नसक्नेका लागि उनले समितासँग मिलेर १८ लाख रुपैयाँको लगानीमा कम्पनी सुरु गरेकी हुन् ।

pp-ramkalaसमिताले पनि सीटीईभीटीबाट हस्पिटालिटीसम्बन्धी तालिम लिएकीले दुवैको अनुभव र दक्षताले उनीहरूलाई अगाडि बढ्न सहज भयो । कम्पनीको काम सुरु हुनु अगाडि दुवैले एकअर्कामा कार्य विभाजन गरे । कुसुम अपरेसन डाइरेक्टर र समिता प्रबन्ध निर्देशक भइन् । दुवैले एकआपसमा विश्वासका साथ काम गरेकाले तीन वर्षमा तीन सेकेन्ड पनि आफूहरूबीच मनमुटाव नभएको कुसुमले बताइन् । कम्पनीको नाम प्रतिष्ठाझैं काम गरेर सबैमाझ प्रतिष्ठित हुन चाहन्छन्, कुसुम र समिता ।

काम सुरु गर्दा वर्ष दिनभरि ठाउँठाउँमा घुमेपछि मात्रै उनीहरूले पहिलो कन्ट्रयाक्ट पाए । यो अवधिमा उनीहरू घामपानी नभनी विभिन्न बैंक, कर्पोरेट हाउस, अस्पताल, हाइड्रोपावर, गाडीको शोरुमलगायतका प्रायः सबै ठाउँमा पुगेर कम्पनीका लागि काम मागे । कतिपयले खाजा खुवाउनुस् मात्रै भने त कतिले सुरुमै कति कमिसन दिनुहुन्छ भन्ने प्रश्न गरे । कतिले त यौनसम्बन्ध राखेमात्रै कन्ट्रयाक्ट दिने प्रलोभन देखाएको उनले सम्झिइन् । त्यो हदसम्म जान आफ्नो नैतिकताले नदिए पनि खाजा र कमिसन भने धेरै खुवाएको उनले सम्झिइन् ।

कतिले त यौनसम्बन्ध राखेमात्रै कन्ट्रयाक्ट दिने प्रलोभन देखाएको उनले सम्झिइन् । त्यो हदसम्म जान आफ्नो नैतिकताले नदिए पनि खाजा र कमिसन भने धेरै खुवाएको उनले सम्झिइन् ।

उनीहरूले कम्पनीको कामको सुरुवात कृष्ण बेकरीबाट गरेका हुन् । त्यतिबेला एउटा स्टाफले मात्रै उक्त बेकरी सफा गरेकी थिइन् । अहिले विभिन्न बैंक, हाइड्रोपावर कम्पनीलगायतका क्षेत्रमा सरसफाइको काम विस्तारसँगै उनीहरूका कर्मचारीको संख्या बढेर झन्डै ४० नाघिसकेको छ । एक दुई महिना काम गर्दै छाडेर जानेको संख्या त सय नै नाघिसकेको कुसुमले बताइन् । कर्मचारीलाई नियुक्तिपत्र दिएरमात्रै काम लगाउने गरिएको छ । सबै कर्मचारीमा एकरूपता, सफा र आकर्षक देखियोस् भनेर उनीहरूलाई लुगा, जुत्ता, पन्जा, हेड क्याप आदि दिने गरिएको छ । करिब ३५ सय रुपैयाँ पर्ने यो ड्रेस सेट प्रत्येक वर्ष नयाँ दिइन्छ ।

सेवाग्राहीबाट धेरै पैसा लिएर कामदारलाई थोरै दिन्छ भन्ने बजारको आरोपप्रति उनको आपत्ति छ । तर आफूहरूले कामदारलाई सरकारले तोकेको रकमभन्दा पनि बढी दिने गरेको दाबी उनको छ । यद्यपि क्लाइन्टबाट भने पैसा उठाउनु सधंै चुनौतीकै विषय बन्ने गरेको उनले बताइन् । सरकारको कुनै सहयोग नभएको गुनासो गर्दै उनले भनिन्, 'हाम्रोभन्दा अरूका कामका लागि सरकारले सहयोग गर्ने गरेको छ । तर हामी बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म धुलोधुवाँ खाएर दौडिरहँदा पनि कुनै सहयोग पाएका छैनौं ।'

कुनै पनि ठूला कार्यालयमा सफा गर्ने कर्मचारी युनियन बनाउने र कुनै पनि बेला काम छाडेर जाँदा अर्को मान्छे पाउन गाह्रो पर्छ । तर आउटसोर्सिङ कम्पनीलाई सरसफाइको जिम्मा दिए यस्ता कुनै पनि समस्या बेहोर्नु नपर्ने उनको भनाइ छ । उनीहरूले कुनै पनि कम्पनीसँग कन्ट्र्याक्ट गर्दा न्यूनतम तीन घन्टादेखि ६ महिनासम्म गर्ने गरेका छन् । यदि कसैलाई काम चित्त बुझ्दो लाग्यो भने यसपछि पनि थप्दै जाने गरिएको छ ।

हालसम्म २५ भन्दा बढी कम्पनीमा काम गरिसक्दा धेरैले त प्रशंसासम्म नगरेको उनी सम्झन्छिन् । केहीले गुनासो गर्दा आफूहरूले त्यसलाई सुधार्ने मौका पाएको कुसुमले बताइन् । कत्तिले त कामको पैसा माग्दा किचकिच गरेका कारण जति दिनुहुन्छ दिनुस् भन्ने अवस्था आउने गरेको उनले सुनाइन् । कहिले क्लाइन्टलाई केही गर्दा पनि चित्त बुझाउन नसके 'कन्ट्रयाक्ट टर्मिनेट' गर्नुपर्ने अवस्था आउँदा भने उनलाई दुःख लाग्छ ।

एक पटक भाटभटेनी घुम्न जाँदा 'यो त सानो सटरबाट सुरु गरेको रे ! अहिले यो अवस्थासम्म आइपुगेको छ' भन्ने जान्दा उनीहरू अचम्भित भएका थिए । तर कुसुम निराश हुँदा समिताले सम्झाउँथिन् भने समिता निराश हुँदा कुसुमले । काम सुरु गर्दाका दिनमा उनीहरू आफैं पनि बिहानको ५ बजेदेखि राति २ बजेसम्म खटेर स्टाफलाई पनि काममा लगाउँथे । कतिपयले महिला त्यसमा पनि कम कच्चा उमेरकै देखेर काम पत्याउन गाह्रो मान्थे ।

त्यसैले उनीहरूले उचाइको काम र कार धुने कामका लागि १० जना पुरुष पनि जागिरमा राखेका छन् । स्टाफलाई काम लगाउन पनि गाह्रो हुने अनुभव सुनाउँदै उनीहरूले भने, 'माया गर्‍यो टाउकोमा टेक्ने, गाली गरे, तेरोमात्रै छ भनेर छाडेर हिँड्ने ।' तर कतिपय 'यो काम मेरो हो' भनेर सोच्ने स्टाफ देख्दा उनीहरूलाई आनन्द आउँछ । सकारात्मक सोचका साथ स्टाफसँगै हातेमालो गरेर अगाडि बढिरहेका कुसुम र समिता कुनै दिन कम्पनीको नामजस्तै काम पनि प्रतिष्ठित हुनेमा आशावादी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.