जाँदाजाँदै जर्मनी राजदूतले भन्नुभयो- 'बिदा मिलाएर घुम्न आउँछु'

जाँदाजाँदै जर्मनी राजदूतले भन्नुभयो- 'बिदा मिलाएर घुम्न आउँछु'

भीमदत्तनदगर : आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउनुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगरमा भेटिनुभएका राजदूत मायरले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताउनुभयो ।

गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताउनुभयो । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुग्नुभएका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताउनुभयो । रासससँग कुराकानी गर्दै उहाँले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताउनुभयो ।

'मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।' तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गर्नुभएका राजदूतले भन्नुभयो- 'त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ ।' 'सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने रु उहाँले प्रश्न गर्नुभयो ।'

उहाँ आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गर्नुभएको छ । भारतबाट पाकिस्तान-इरान-टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उहाँले बताउनुभयो । नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उहाँले बचन दिनुभयो । 'लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।' उहाँले भन्नुभयो- 'कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.