प्रदेश एकमा मधेसवादी दल : कोही झण्डा फहराउँदै, कोही डण्डा मिलाउँदै

प्रदेश एकमा मधेसवादी दल : कोही झण्डा फहराउँदै, कोही डण्डा मिलाउँदै

विराटनगर : प्रदेश नम्बर एकमा सक्रिय मधेस केन्द्रत दलमध्ये संघीय समाजवादी फोरमले धेरै ठाउँमा उम्मेदवार तय गरिसकेको छ । उसँगै चुनावी अभियानमा होमिएको छ फोरम लोकतान्त्रिक पनि । तर, आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालले भने घनीभूत आन्दोलन गर्न जिल्ला तहमा तयारी थालेको छ ।

मेची र कोशी पहाडका कतिपय जिल्लाका स्थानीय तहमा संघीय समाजवादीले अन्य दलसँग गठबन्धन गरेर उम्मेदवार खडा गरेको छ । फोरम लोकतान्त्रिकले आफ्नो पकड क्षेत्र रहेको ठाउँबाहेकमा तालमेल गराएर उठाउन उम्मेदवार तयारी अवस्थामा राखेको छ । समाजवादीले मोरङको उर्लाबारी, बेलबारी र पथरीमा नयाँ शक्तिसँग तालमेल गरी उपमेयर आफूले लिएको छ ।

विराटनगर महानगर र मोरङका प्रभावशाली नगरपालिका तथा गाउँपालिकामा खडा हुने उम्मेदवारको अन्तिम नामावली तयार भइसकेको पार्टीले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले भन्नुभयो,‘विराटनगर महानगरको मेयर र उपमेयर हाम्रा लागि सबैभन्दा महत्वपूर्ण हो, कोसँग तालमेल गर्ने र कसरी आफूले जित्ने पद लिने भन्ने नै हाम्रो रणनीति छ । त्यहीअनुसारको तयारी गरि रहेका छौं ।' फोरम लोकतान्त्रिक र माओवादी केन्द्रमध्ये एकसँग तालमेल गरेर उम्मेदवार खडा गर्ने रणनीति बनाएको र मंगलबारसम्ममा आफ्ना उम्मेदवार घोषणा गरिसक्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

पार्टीले मोरङको दक्षिणी भेगका रंगेली, सुनवर्षी, रतुवामाईलगायत स्थानमा घरदैलो र चुनावी प्रचार प्रसारलाई तीव्रता दिइएको जनाएको छ । फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार आइतबार विराटनगर आएसँगै पार्टीको चुनावी अभियानले गति लिएको छ । यसअघि पनि लोकतान्त्रिकका नेता र आकांक्षी उम्मेदवार घरदैलो, र्‍याली र भेटघाटमा व्यस्त थिए । लोकतान्त्रिकका मोरङ जिल्ला अध्यक्ष भक्तिनाथ माझीले भन्नुभयो,‘सोमबार साँझसम्ममा सबै उम्मेदवारको टुंगो लागिसक्ने छ ।

तालमेलको सम्भावित ठाउँमा खाली राखेर उम्मेदवार घोषणा गर्नेछौं ।' माझीले जित्ने पदलाई प्राथमिकतामा राखेर लोकतान्त्रिकले अन्य पार्टीसँग तालमेल गर्ने रणनीति बनाएको बताउनुभयो । केन्द्रीय अध्यक्ष गच्छदारसमेत यतै रहनु भएकोले विवाद भएका ठाउँमा मिलाउन अझ सहज हुने माझीले बताउनु भयो ।

तराई/मधेशमा पकड बनाएका दलमध्ये केही चुनावी तयारीमा लागेपनि विभिन्न तराई केन्द्रीत दल एकीकृत भई गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भने जिल्ला तहमा पनि सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । राजपाका नेता मोहम्मद कादिरले आफूहरु पार्टीको केन्द्रीय समितिले घोषणा गरेको आन्दोलन र संघर्षका कार्यक्रमलाई जिल्लामा सशक्त बनाउन रणनीति बनाएको बताउनुभयो ।

सोमबार विराटनगरमा बसेको पार्टीको जिल्ला तहको बैठकले केन्द्रबाट तोकिएको आन्दोलनका कार्यक्रमलाई गाउँ, नगर र क्षेत्रसम्म पनि गर्ने तय भएको बताउँदै भन्नुभयो,‘अरु दल चुनावको तयारी गर्ने भन्दै झण्डा तयार गर्दैछन हामी लाठी जुलुस निकाल्ड डण्डा ।' कादिरले केन्द्रबाट तय भएका आन्दोलनका कार्यक्रमलाई सशक्त बनाइने बताउनु भयो । राजपाले लाठी जुलुस, निर्वाचन कार्यालयमा तालाबन्दी र आमहड्ताल गर्ने घोषणा गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.