खाडी समस्याबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबतर्फ
इस्लामावाद: पछिल्ला केही दिन यता खाडी क्षेत्रका छ मुलुक र कतारबीच देखिएको कुटनैतिक सङ्कट समाधान गर्ने पहलस्वरुप पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ सोमबार साउदी अरबतर्फ लाग्नुभएको पाकिस्तानी अधिकारीले जनाएका छन्।
भ्रमण दलमा प्रधानमन्त्री सरीफ, वित्तमन्त्री इशाक दर, विदेश मन्त्रालयका सल्लाहकार सर्ताज अजिज, सैनिक प्रमुख जनरल जावेद बाजवा लगायत उच्च अधिकारी रहेको पाकिस्तानले जनाएको छ।
साउदी अरवमा रहँदा पाकिस्तानी प्रधानमन्त्री तथा भ्रमण दलका अन्य सदस्यले खाडी सहकार्य परिषद् सदस्यमा रहेका मुलुक र कतारवीच देखिएको कुटनैतिक सम्वन्धमा आएको सकंट, साउदी अरव र पाकिस्तानवीच पारस्परिक हित लगायतका द्विपक्षीय सम्वन्धका बिषयमा साउदी नेतृत्वसँग कुराकानी हुने बताइएको छ। रासस/सिन्ह्वा