कांग्रेसका मेयर उम्मेदवारको गाडी तोडफोड
नेपालगंज : नेपालगंजमा राजपाका कार्यकर्ताले कांग्रेस उम्मेदवारको गाडी तोडफोड गरेका छन् । असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा असमति जनाउँदै आन्दोलनमा उत्रिएको राजपाले आजदेखि तराई मधेस बन्द आह्वान गरेको छ ।
बन्द सफल पार्न भन्दै सडकमा उत्रिएका राजपाका कार्यकर्ताले नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेश कनोडियाको गाडी तोडफोड गरेका हुन् ।
कनोडियाको बा १४ प १३८७ नम्बरको गाडी राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । गाडी तोडफोडमा संलग्ले राजपाका कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।