फुटबलसँग कोका कोलाको अटुट सम्बन्ध

फुटबलसँग कोका कोलाको अटुट सम्बन्ध

काठमाडौं : कोका कोला र खेल गतिबिधि बीचको सहकार्य कुनै नयाँ विषय होईन् । यस्तो सहकार्य वर्षौं वर्षदेखि भईरहेको छ । अझ विशेषगरी फुटबललको क्षेत्रमा कोका कोलाको सम्बन्ध र योगदान निकै ठूलो रहेको पाईन्छ । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलदेखि स्थानीय स्तर सम्मका फुटबलका खेलहरुमा कोकाकोलाले सहकार्य गर्दै आएको छ । त्यसैले त फुटबल र कोका कोला एक अर्काका पर्यायबाची भएका छन् ।

नेपालको सन्दर्भमा पनि कोका कोलाले फुटबल क्षेत्रमा निकै योगदान गरिरहेको छ । पछिल्लो ८ वर्षदेखि हरेक वर्ष कोका कोलाले अखिल नेपाल फुटबल संघसँग मिलेर कोका कोला कप आयोजना गर्दै आएको छ । स्थानीय तहदेखि नै नेपाली फुटबलको विकास गर्न र विद्यार्थीहरुमा खेलको प्रतिभा विकास गर्दै आफ्नो सीपको प्रदर्शन गराई एक उच्चतहमा पुर्याउनको लागि, कोका कोला नेपालले अखिल नेपाल फुटबल संघसँग मिलेर नेपाली फुटबलको विकास गर्ने कोशिस गरिरहेको छ ।

कोकाकोला कपकालागि हरेक वर्ष नेपालको ४३ जिल्लाहबाट विद्यार्थीहरुको सहभागिता हुने गर्दछ, जसमा प्रत्येक जिल्लाबाट ३५ विद्यालयका विद्यार्थीहरु सहभागी हुन्छन् । कोका कोला कप नेपालको फुटबलको विकासमा कोशेढुंगाको रुपमा रहेको छ ।

बिगतमा, कोका कोला कपले नेपालको सशक्त राष्ट्रिय टोली निर्माण गर्न प्रतिभा उजागर गर्न सहयोग गरेको छ । खेलाडीहरु जस्तै विशाल राई, विकेस कुथु, रविन श्रेष्ठ, हेमन गुरुङ्ग, बिमल घर्तीमगर, आदित्य चौधरी, अनन्त तामाङ्ग र अन्जन बिष्टले बिगतमा कोका कोला कपमा खेलिसकेका छन् । नेपालकै सबैभन्दा वृहत र भव्य प्रतिस्पर्धाले नेपाली फुटबल प्रतिभालाई बाहिर चिनाउन पनि सहयोग पुगेको छ । यस्तै ग्रास रुट फुटबलको विकासमा ७५ भन्दा बढि देशहरुमा कोकाकोलाले सहकार्य गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.