कांग्रेसका मेयर उम्मेदवार आफ्नो गाडी तोडफोड गर्नेलाई छुटाउन प्रहरी कार्यालयमा

कांग्रेसका मेयर उम्मेदवार आफ्नो गाडी तोडफोड गर्नेलाई छुटाउन प्रहरी कार्यालयमा

नेपालगन्ज : नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार सुरेस कुमार कनोडिया आफनो गाडी तोडफोडमा संलग्न राष्ट्रिय जनता पार्टी बाँकेका नेता ललित रौनियारलाई छुटाउन जिल्ला प्रहरी कार्यालय पुग्नु भएको छ ।

आफ्नो पार्टीको प्रचारमा रहेको गाडि बिहान साढे ८ बजेतिर त्रिभुवन चोकमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रकाउ परेका रौनियारलाई छुटाउन कनौडिया आफै प्रहरी कार्यालय पुग्नु भएको हो । राजपाका कार्यकर्ताहरुले कनौडियाको बा १४ च १३८७ नम्बरको गाडिमा ढुंगामुडा गरी तोडफोड गरेका थिए ।

ढुङगा प्रहार गरेको अभियोगमा राजपा नेता ललित कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको थियो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राईले कनौडियाले रौनियारलाई छुटाउन सदासयता देखाएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,‘उहाँले सदासयता देखाउनु भयो तर हामी कानुन विपरित काम गर्न सक्दैनौ ।’

निर्वाचन जस्तो गम्भिर विषयका शान्ति सुरक्षामा ठुलो असर पर्ने भएका कारण कानुन बमोजिम आवश्यक कारवाही उहाँले बताउनुभयो । आन्दोलनका वीचमा राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता र सह महामन्त्री पशुपति दयाल मिश्र समेत रौनियारलाई रिहाई गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पुग्नु भएको छ ।

मतदाता भन्दा आन्दोलनकारीको सुरक्षाको चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘जनता चुनावको पक्षमा छन्, चुनावमा जानु हुदैन भनेर जनता कहाँ जाँदा उनीहरुले चुनाव विरोधीलाई कहाँ बाँकी राख्लान । त्यसकारण चुनाव विरोधीको सुरक्षा चुनौती अहिले बढी छ ।’

ढुङगा मुढा प्रहारबाट गाडिमा सामान्य क्षति भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राईले जानकारी दिनुभयो । ‘गाडी कार्यकर्ता पुर्‍याएर फर्किदै थियो, त्रिभुवन चोकमा रौनियारले रोकेर झण्डा च्याते र त्यही रहेको एउटा ढुङ्गाले गाडिमा हाने, हाम्रा प्रहरीले उनलाई यही समाते ।’

राजपाका केन्द्रीय सदस्य आदेश अग्रवालले बन्दमा गाडि चलाएको कारण तोडफोड भएको बताउनुभयो । उहाँले पक्राउ परेका राजपा नेता रौनियारलाई तत्काल रिहाई गर्न माग गरेका गर्नु भएको छ । राजपाका सहमहामन्त्री पशुपतिदयाल मिश्रले फेसपुक स्टाटस मार्फत पक्राउ परेका रौनियारलाई नछोडिए गाउँमा पस्ने सबै प्रचार गाडिहरु तोडफोड गरिने चेतावनी दिनु भएको छ ।

राजपाको बन्द असर भने नेपालगन्जमा सामान्य रहेको छ । त्रिभुवन चोक र नेपालगन्ज गुलरिया सडक अन्र्तगतको मानपूरमा बन्दको प्रभाव रहेको छ । न्युरोड बन्द गर्न गएका राजपा कार्यकर्तालाई स्थानिय व्यवसायीले लखेटेको प्रहरी उपरीक्षक राईले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.