राजपाका जिल्ला अध्यक्षसहित १५ जना नेता कार्यकर्ता पक्राउ

राजपाका जिल्ला अध्यक्षसहित १५ जना नेता कार्यकर्ता पक्राउ

नवलपरासी : नवलपरासीमा राष्ट्रिय जनाता पार्टी (राजपा) का जिल्ला नेतासहित १५ जना कार्यकर्तालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।

सदरमुकाम परासीको बुद्धचोकमा उग्र प्रदर्शनमा उत्रिदै सवारी साधन तोडफोड र अन्य राजनीतिक दलका कार्यकर्तालाई कुटपिट गरेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा राजपाका जिल्ला अध्यक्ष पुरन चौधरीसहितका जिल्ला नेता र कार्यकर्ता छन्। राजपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सुनवलबाट परासीतर्फ आउँदै गरेका दुई वटा स्कारपियो गाडी, इ–रिक्सा तोडफोड गरेका छन् भने चुनाव प्रचार प्रसारका टि–सर्ट लगाएर आएका केही राजनीतिक दलका कार्यकर्तालाई कुटपिट गरेपछि उनीहरुलाई पक्राउ गरिएको एसपी चौधरीले बताउनुभयो।

पक्राउ परेपछि राजपाका कार्यकर्ताले रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराऊ गरेका छन्। स्थानीय निर्वाचनको विरोध गर्दै राजपाले गरेको बन्दका कारण सदरमुकाम परासी बजारको जनजीवन प्रभावित बनेको छ।

बन्दले परासी बजारसहित दक्षिणक्षेत्रमा रहेका शैक्षिक संस्था, कलकारखाना यातायात लगायतका क्षेत्र ठप्प छन्। राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेको छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.