राजपा कार्यकताको आक्रमणमा कर्मचारीको टाउको फुट्यो : संघीय फोरमको कार्याल तोडफोड
वीरगन्ज : वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा सन्चालित मतदान अधिकृतको तालिममा सहभागी भएका तीन जना कर्मचारीहरुलाइ मङगलबार राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले कुटपिट गरेका छन्।
कुटपिटबाट एक जना कर्मचारीको टाउको फुटेको र उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलील जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले मङगलबार वीरगन्ज महानगरपालिका कार्यालयको फोहोर संकलन गर्ने ट्याक्टर सहितको जेसीबीमा आगजनी पनि गरेका छन्।
घण्टाघर चोकमा फोहोर संकलन गर्दै हिडेको महानगरपालिका कार्यालयको जेसीबीसहितको ट्याक्टरमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएका थिए। तर आगजनी गरिए लगत्तै प्रहरीले आगो निभाएकाले ट्याक्टरमा धेरै क्षति हुन पाएन।
यस्तै राजपाका कार्यकर्ताले मकालु होटल चोकमा रहेको नेवा फोटाकपी सेन्टरमा पनि मङगलबार दिउँसो तोडफोड गरेका छन्।
बन्दको उल्लंघन गरेको भन्दै राजपााका कार्यकर्ताले वीरगन्जमा मङगलबार चार वटा सवारी सधानमा तोडफोड गरेका छन्। आन्दोलनकारी राजपका कार्यकर्ताहरुले वीरगन्जको बाइपस सडकमा मङगलबार बिहान एउटा टाटा सुमोमा तोडफोड गरेका हुन्। वीरगन्जबाट काठमाडौ जाँदै गरेको ना १ ज ४६६१ नम्बरको टाटासुमेमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्।
यस्तै वीरगन्जको मुर्ली चोकमा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले एउटा मालवाहक ट्रकमा तथा पर्साको पोखरीयामा पनि ना ४ ख ८५२५ नम्बरको बसमा तोडफोड गरेका छन्।
यसैगरी बन्दकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा पनि बा ७ च ९११४ नम्बरको पिक अप भ्यानको सिसा फुटाइदिएका छन्। मङगलबार वीरगन्जमा रहेको मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका बन्दकर्तालाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक अनिश कर्ण नेतृत्वको प्रहरी टोलीले लेखेटेको थियो।
बन्द आह्वानका कारण पर्सा र बाराको जनजिवन प्रभावित
बन्द आह्वानकर्ता राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरु पर्सा र बाराका सदरमुकामका साथै ग्रामीण भेगका विभिन्न स्थानमा मङगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका कारण वीरगन्ज र कलैया मङगलबार दिनभर बन्द रहयो ।
वीरगन्जको घण्टाघर चोक, आदर्शनगर, छपकैया, मुर्ली, पावर हाउस चोक, पिपरा, गण्डक चोक, पर्साको ग्रामीण क्षेत्र पोखरीया, पकाहा चोक, भिस्वा, जानकीटोला तथा बाराको कलैया, परवानीपुर, जितपुर, नितनपुर, गण्डक बहुअरी, प्रस्टोका, प्रसौनी लगायतका स्थानमा राजपाका नेता कार्यकर्ताहरुले मङगलबार बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए।
आन्दोलनकारीको प्रदर्शनका कारण वीरगन्ज र कलैयाका बजार तथा पसलहरु बन्द रहे। यस्तै सामुदायिक तथा निजी विद्यालय र कलेजहरु पनि मङगलबार बन्द रहे। वीरगन्ज र कलैयामा राजपाका कार्यकर्ताहरुले भाडाका सवारी साधन चल्न नदिए पनि मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु भने सञ्चालनमा रहेका छन्।
वीरगन्जको घण्टाघर चोकमा मङगलवार बिहान टायर बालेर प्रदर्शन गर्दै राजपाका नेता कार्यकर्ताहरु। तस्बिर : अन्नपूर्ण