आफ्नै मैदानमा यमनसँग बराबरीमा रोकियो नेपाल

आफ्नै मैदानमा यमनसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं : सन् २०१६ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल यमनसँग गोलरहित बराबरीमा रोकिएको छ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा मंगलबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी यमनलाई बराबरीमा रोक्दै एक अंक जोडेको छ। खेलभर यमनलाई कडा टक्कर दिएको नेपालको गोल गर्ने प्रयास सफल हुन सकेन।

खेलको सुरुआतमा केही आक्रामक देखिएको यमनलाई दोस्रो हाफमा नेपालले दवावमा राखेको थियो। खेलको पाँचौ मिनेटमा यमनका अलि महमेदको शसक्त प्रहारलाई नेपालका गोलरक्षक किरन चेम्जोङले विफल पारिदिएका थिए।

१२ औं मिनेटमा अहमेद नविल हजेअको डिबक्स छेउको प्रहारलाई किरनले उत्कृष्ट बचाउ गरे। पहिलो हाफमा नेपालले तीन वटा पोस्ट प्रहारको अवसर पाएको थियो। १४ औं मिनेटमा भरत खवासको करिव २५ यार्ड लामो प्र्रहार पोस्ट माथिबाट बाहिरिएको थियो। २७ औं मिनेटमा अन्जन विष्टको कर्नर पासमा भरत गोल लाइन नजिक चुकेका थिए।

लगत्यै सुजल श्रेष्ठको डिबक्स छेउको फ्रिकिक प्रहार यमनको वालमा ठोकिएपछि पहिलो हाफमा नेपाल गोल बिहिन बन्यो। पहिलो हाफको तुलनामा दोस्रो हाफमा स्तरीय खेल पस्केको नेपालले राम्रा गोलको अवसर बनाएको थियो। तर रक्षापंक्तिमा बलियो देखिएको नेपालको फिनिसिङ लाइन कमजोर बन्यो। ४८ औं मिनेटमा सुजल श्रेष्ठको कर्नरमा अनन्त तामाङको हेड प्रहार बाहिर हुइकियो।

६४ औं मिनेटमा अन्जनको डिबक्स छेउको प्रहारलाई यमनका गोलरक्षक मोहम्मेद इब्राहिम अलि आयसले उत्कृष्ट बचाउ गरे। ७८ औं मिनेटमा रोहित चन्दको डिबक्स छेउबाटे गरेको शसक्त प्रहार बारिएपछि नेपाल गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य बन्यो।

बल पोसिसनसहित उत्कृष्ट पास खेलेको नेपाली टोलीको गोल गर्ने क्षमतामा भने सुधार हुन सकेन। नेपालका प्रशिक्षक ग्योतुकी कोजीले स्ट्राइकिङ लाइनमा भरत खवास र नवयुग श्रेष्ठलाई मौका दिएका थिए।

कोजीले यनमविरुद्ध युवा स्ट्राइकर विमल घर्तीमगर र अनुभवी स्ट्राइकर अनिल गुरुङलाई खेलको अन्तमा मात्र मैदान छिराए। इन्जुरी समयमा नवयुगको स्थानमा मैदान पसेका अनिलले बल छुन समेत पाएनन्। यसअघि ८८ औं मिनेटमा अन्जनको स्थानमा विमलले खेल्ने मौका पाए।

खेलपछि नेपालका प्रशिक्षक कोजीले यमन हाम्रो तुलनामा धेरै बलियो भएपनि नेपालले राम्रो खेलेको बताए। ‘भारतमा भएको कमजोरीलाई आज हामीले सुधार ग्‍यौं।

नेपालसँगको बराबरीसँगै समुहमा दुई खेल सकेको यमन चार अंकका सात तालिकाको शिर्ष स्थानमा छ। पहिलो खेलमा नेपाललाई ४-१ गोलले हराएको फिलिपिन्स तीन अंकका साथ दोस्रो स्थानमा छ। एक अंक बनाएको नेपाल तालिकाको तेस्रो स्थानमा छ। एक खेल खेलेको ताजकिस्तानले खाता खोल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.