राजपासँग गम्भीर वार्ता गर्न सत्ता पक्ष र प्रतिपक्ष सहमत

 राजपासँग गम्भीर वार्ता गर्न सत्ता पक्ष र प्रतिपक्ष सहमत

काठमाडौ : आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीसँग सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलले बुधवार गम्भीर वार्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आब्हानमा सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरवारमा बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्न नहुने र राजपालाई आन्दोलन छोडेर निर्वाचनमा सहभागी हुन आग्रह गर्न निर्णय गरेको हो । राजपाका प्राविधिक माग भए सम्वोधन गर्ने अन्यथा असार १४ गतेको स्थानीय तहको दोस्रो चरणको चुनाव कुनै पनि हालतमा नसारी तोकिएको समयमै गर्ने चार दलले निर्णय गरेका छन।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा मजवुत भएको गृह मन्त्रालयको व्रिफिङ सुनाउनु भएकेा थियो ।राजपाले तराई मधेशमा तोडफोड र आगजनी बढाएर निर्वाचन विथोल्ने गरी गतिबिधि चर्काएपछि मंगलबार साँझ काठमाडौमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

तराई मधेशमा भइरहेको हिंसात्मक गतिबिधि नियन्त्रण र आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सफल बनाउने उपायका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,काँग्रेस नेताहरु रामचन्द्र पौडेल,कृष्ण सिटौला,बिमलेन्द्र निधि,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ,एमाले बरिष्ठ नेता माधवकुमार नेपाल,संसदीय दलका उपनेता सुवास नेम्वाङ,उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादार बैठकमा सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.