राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा

राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा

वीरगन्ज : संविधान संशोधनबिना सरकारले जर्बजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको बन्दको दोश्रो दिन बुधबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा बुधबार बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ ।

आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु बुधबार दोश्रो दिन पनि बन्द छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु बुधबार पनि खुलेका छैनन् ।

वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधन चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.