स्वस्थ जीवनका उपाय

स्वस्थ जीवनका उपाय

हरेक मानिस जीवनमा सफलता चाहन्छ । सुखी हुन चाहन्छ । सुखमय अनि आनन्दमय जीवन होस् भन्ने चाहन्छ । मानिस सुख र सफलताको खोज गर्दागर्दै दुःखमा पुग्छ । यसको मूलकारण जीवनको मर्मलाई पूर्णरूपमा जान्न नसक्नु हो । कसैले सुखको आधार धन, परिवार र सम्पत्तिलाई मानेको हुन सक्छ । कसैले स्वस्थ्य जीवनलाई मानेको हुन सक्छ । कसैले विद्या तथा सम्मान पाउनुलाई सफलता मान्दछन् ।

निरोगी शरीर, बुद्धिमान र आज्ञाकारी सन्तान, व्यवस्थित आवास आदि सफलताको आधार त बन्छ । तर सबै कुरा राम्रो भए पनि शरीर रोगी भइदियो भने सफलताको कुनै अर्थ हुँदैन । जीवनमा स्वास्थ्य चिन्तनको ज्यादै महत्वव छ । शरीर रक्षा र आरोग्यता प्राप्तिका लागि अनेक योगको अभ्यास र औषधिको विधि विधानलाई अपनाउनुपर्ने हुन्छ । आयुर्वेदले अनेक कामहरू छोडेर भए पनि शरीरलाई स्वस्थ राख्ने कार्यमा लाग्नुपर्छ भन्छ । शरीर ठीक छ भने नै सबै कुरा हुन्छ । शरीर कमजोर भयो भने सम्पूर्ण वस्तुको कुनै अर्थ रहन्न । शरीरबाट नै जीवनयापनको सुरुआत हुन्छ । शरीरको माध्यमबाट धर्मको साधना गर्न सकिन्छ । अनिमात्र सफलता र असफलता भन्ने कुरा आउँछ ।

जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्दछ । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई लिइन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ । योग दर्शनअनुसार कुनै पनि व्यक्ति शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ । रोगी र दुर्बल मानिसले महत्ववपूर्ण कार्य गर्न सक्दैन । सफल जीवनका लागि स्वस्थ जीवनको महत्वव छ ।

शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ । शरीर स्वस्थ छ भने मन पनि ठीक हुन्छ । मन ठीक छैन भने शरीरमा भारीपन आउँछ । मन ठीक छ भने शरीर पनि स्वस्थ भएको अनुभव गर्न सकिन्छ । शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् । एकको अस्वस्थताले अरूलाई पनि असर गर्दछ । यी चार चिज स्वस्थ हुन सकेमात्र मानिस पूर्णरूपमा स्वस्थता प्राप्त भएको भन्न सकिन्छ । शरीर, मन र बुद्धि सन्तुलित तथा विकसित र स्वस्थ हुनका लागि शरीरस्थित स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, हड्डी आदि सबै प्रणालीहरू स्वस्थ र सबल हुनु आवश्यक छ । शरीर स्वस्थ्य हुन शरीरमा स्तफुर्त आउनुपर्‍यो, मन स्वस्थ हुन मानसिकता ठीक हुनुपर्‍यो, बुद्धि प्रखर हुन बौद्धिकता चाहियो र आत्मा जागरणका लागि एकाग्रता चाहियो ।

स्वास्थ्य भन्ने कुरा जीवनसँग मात्र सीमित छैन । स्वस्थ जीवन भए पनि समाजसँगको व्यवहार र सामाजिक सहभागितामा कमी भयो भने पनि पूर्ण स्वास्थ्यको कल्पना हुन सक्दैन । जीवन भनेको शरीर, मन, बुद्धि, आत्मा, समाज, देश र विश्वसँग गाँसिएको हुन्छ । मानिसले पूर्ण स्वस्थता प्राप्त गर्न नियमित व्यायाम अर्थात् योगाभ्यास, उचित आहारविहार, व्यवहार, सत्संग, यज्ञ र प्रार्थनाको जरुरी हुन्छ । आरोग्य जीवनका प्रमुख आधार सन्तुलित भोजन, स्वस्थप्रद आहार र विहार, यथोचित निद्रा र वि श्राम, भगवत् कथा श्रवण, प्राकृतिक दृश्यावलोकन, शुभविचार वा चिन्तन, दान, दया र त्याग हुन् आवश्यक छ ।

सन्तुलित वा शुद्ध भोजनले शरीरलाई प्रफुल्लित, ऊर्जामय तथा ओजपूर्ण बनाउँदछ । त्यही ऊर्जा तत्वव नै जीवनको इन्धन हो । इन्धन राम्रो भयो भने त्यसबाट निस्कने ओजतेज पनि राम्रो हुन्छ । भोजन भन्ने कुरा अघाउनका लागि मात्र खाने होइन । जुन भोजनले जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो । जस्तो अन्न त्यस्तै मन जस्तो मन त्यस्तै बुद्धि अनि सोहीअनुसार कर्म हुन्छ भनिएको छ । भोजन पोषणतत्ववसँगै शुद्ध, सात्विक र गुणयुक्त हुनु अति जरुरी छ । सन्तुलिन भोजनभित्र प्रोटिन, भिटामिन, कार्बोहाइडेर्ट, खनिज तथा रसादीपूर्ण हुनुपर्दछ ।

हुन त आजकल माछा, मासु, फुललाई सन्तुलित भोजन भन्ने गरिन्छ । मांसहारमा प्रोटिन त प्रशस्त होला, तर पर्याप्त भिटामिन, मिनरल तथा प्राकृतिक वनस्पतीय तत्वव हुँदैन । प्रोटिन शरीरको वृद्धि गर्ने तत्वव हो यसमा रोगसँग लड्ने सक्ने क्षमता हुँदैन । मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् । सात्विक भोजनमा पोषक तत्वव हुन्छन् जसमा ताजापन, सुपाच्य, हल्कापन, शुद्ध र रोगसँग लड्न सक्ने क्षमता भएको प्रचुर मात्रामा भिटामिन हुन्छ । यसैले स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ । सात्विक भोजनमा चामल, मकै, गहुँ, करेला, फर्सी, काँक्रो, आलु, मूला, सिमी, बोडी, भटमास, केराउ, हरियो सागपात, फलफूल, दूध, दही, घिउ आदि पर्दछन् ।

 शारीरिक रूपमा सुस्वास्थ्य, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ ।

चिल्लो, अमिलो, पिरो, मिसावट, मसाला आदि उत्तेजना मिल्ने खालका भोजनलाई राजसिक भनिन्छ भने माछा, मासु, फूल, बासी, सडेगलेको, दुर्गन्धयुक्त, नशालु पदार्थ, भारी भोजन आदिलाई तामसिक भोजन भनिन्छ । सात्विक भोजनले ताजापन, हल्का एवं ऊर्जामय जीवन बनाउँछ भने राजसिक भोजनले उत्तेजना, राग, द्वेष र काम-क्रोध बढाउँछ । तामसिक भोजनले अल्छीपन, निद्रा, मादकता, आलस्य, रोग, अविद्या तथा मोह पैदा गर्दछ । त्यसैले सात्विक भोजन नै स्वस्थ जीवनको लागि अति लाभकारी सिद्ध हुन्छ ।

भोजनको प्राकृतिक गुण नष्ट भयो भने त्यही खाना राजसिक वा तामसिक बन्न सक्छ । शुद्ध, भिटामिनयुक्त र ताजा भोजन नै सात्विक भोजन हो । भोजनमा अतिवाद हुनु हुन्न । विधिपूर्वक पकाइएको, गुणयुक्त, ठीक मात्रामा लिइएको भोजन नै सुपाच्य हुन्छ र स्वस्थता मिल्दछ । स्वास्थ्य रक्षाको लागि उचित दिनचर्या पनि हुनुपर्छ । दिनचर्या ठीक भएन भने पनि शरीर चुस्त, दुरुस्त र ऊर्जावान् हुँदैन । नियमित व्यायाम, ध्यान, योग, सत्संग, सत्विचार, सद्भाव भएन भने पनि भोजन राम्रोसँग पच्दैन र शरीरलाई चाहिने पौष्टिकताको कमी भै उल्टो मलको मात्रा बढ्दछ । जसले शरीर र मनलाई बोधो बनाइदिन्छ ।

खानपिन ठीक भयो, मन पनि ठीक हुँदै जान्छ, बुद्धिमा प्रखरता भए पनि यदि निद्रा अर्थात् वि श्राम ठीक भएन भने पनि मानिस स्वस्थ हुन सक्दैन । जीवनमा यथोचित वि श्राम र रातमा गहिरो निद्राको अति महत्व छ । शरीर र मनको वि श्रामको लागि गहिरो निद्रा जरुरी छ । निद्रा ठीक भएन भने जीवन समाप्त हुन्छ । निद्राले शरीरलाई मात्र वि श्राम दिँदैन कि मन, बुद्धि र चित्तलाई समेत पूर्ण वि श्राम दिन्छ । ताजगी र स्फूर्ति प्रदान गर्दछ । निद्राले शरीरका अंग, प्रत्यंग, मन, बुद्धि, चित्त र इन्द्रियहरूलाई रिचार्ज गर्छ ।

- शरीरको माध्यमबाट धर्मको साधना गर्न सकिन्छ ।
- सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्वव छ ।
- शरीर, मन र आत्मा ठीक छ भने स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ ।
- शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् ।
- आरोग्य जीवनका प्रमुख आधार सन्तुलित भोजन, स्वस्थप्रद आहार र विहार, यथोचित निद्रा र वि श्राम चाहिन्छ ।
- जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो ।
- मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् ।
- स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ ।
- सात्विक भोजनले ताजापन, हल्का एवं ऊर्जामय जीवन बनाउँछ ।
- राजसिक भोजनले उत्तेजना, राग, द्वेष र काम-क्रोध बढाउँछ ।
- दिनचर्या ठीक भएन भने पनि शरीर चुस्त, दुरुस्त र ऊर्जावान् हुँदैन ।
- निद्रा ठीक भएन भने जीवन समाप्त हुन्छ ।
- मस्तिष्कशक्ति बढाउन प्रकृतिसँग रमाउनु पर्दछ ।

मस्तिष्कशक्ति बढाउन प्रकृतिसँग रमाउनु पर्दछ, स्वच्छ पानी र वायु ग्रहण गर्नुपर्दछ, निद्रा बिग्रन दिनुहुन्न, सधैं नियमित योगको अभ्यास गर्नु पर्दछ । शारीरिक र मानसिक श्रमको थकावटमा वि श्रामको जरुरी पर्दछ । संसारमा जति मानिसहरू सफल र समृद्ध भएका छन् तिनीहरूको शरीरमात्र बलिष्ठ थिएन, उनीहरू विचारले सुदृढ र बलवान् थिए । विचारशक्तिले पनि मनुष्य जीवन स्वस्थ, निरोगी र कर्मप्रति उच्चभावनाको कारण सफलता प्राप्त गर्दछन् । न्यून विचार रोगको घर हो भने उच्च विचार सर्व रोग निवारणको शक्ति हो ।

स्वस्थ जीवनको शुभविचारले पनि मानिसलाई निरोगी बनाउन सहयोग गर्दछ । औषधिले भन्दा कैयौं गुणा रोगको निदान गर्ने शक्ति शुभविचारमा हुन्छ । संसारमा धामी झाँक्रीहरूले उपचार गर्दा पनि कतिपय कठिन रोगहरू निको भएको उदाहरण हामीले पाउन सक्छौं । यसको मूलकारण उच्च विचार, सद्भावना र विश्वासको फल हो । कैयौं आयुर्वेदिक, होमियोप्याथिक, एलोप्याथिक औषधिहरू खाएर कठिन रोगहरू ठीक भएको हामीले थुप्रै उदाहरण पाउँछौं । औषधिले काम गरे पनि नगरे पनि रोगीको मनमा जति दृढ विश्वास जगाउनु सक्यो त्यत्ति रोगको निदान भएको पाइन्छ । दृढ विचार र आत्मविश्वास जति भयो त्यत्ति रोगबाट उन्मुक्ति पाउन सकिन्छ । राम्रो विचारले मन र मस्तिष्कलाई विशेष ऊर्जा प्रदान गर्दछ । त्यही ऊर्जा शक्तिको प्रादुर्भावले शुभसंकल्पको सिर्जना भई कमजोरी समाप्त हुन्छ । शुभ संकल्पले शुभकर्म हुन्छ र शुभकर्मको प्रतिफल सफलता हो । स्वस्थ विचार, स्वस्थ जीवन तथा स्वस्थ भावनाले मानिसलाई उन्नतितर्फ उन्मुख गराउँछ ।
-लेखक- हंसदा योगा श्रमका योग प्रशिक्षक हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.