इरान बन्यो विश्वकपमा छानिने पहिलो एशियाली राष्ट्र

इरान बन्यो विश्वकपमा छानिने पहिलो एशियाली राष्ट्र

तेहरान : इरान अर्को वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोलले हराउँदै इरान सन् २०१८ को विश्वकपमा छनोट भएको हो । रुस विश्वकपमा छानिने इरान पहिलो एसियाली राष्ट्र पनि बनेको छ । यसैगरी इरानी टोली रुस विश्वकपमा छानिनले दोस्रो टोली हो । यसअघि ब्राजिल उक्त विश्वकपमा छनोट भइसकेको छ ।

यसैगरी इरान दुई संस्करण विश्वकपमा छनोट भएको यो पहिलोपटक हो । इरानले सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप पनि खेलेको थियो । समग्रमा भने इरान पाँचौं पटक विश्वकपमा छनोट भएको हो । अजादी स्टेडियममा भएको खेलमा इरानलाई विजयी बनाउन पहिलो हाफको २३औं मिनेटमा सरदार आजमुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी टोलीमाथि लगातार दबाब बनाएको इरानले दोस्रो गोल खेलको ८८औं मिनेटमा गर्‍यो । मेहदी तारेमीले आकर्षक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

विश्वकप छनोटको तेस्रो चरणमा समूह 'ए' मा रहेको इरानले छैटौं जित निकाल्ने क्रममा उज्वेकिस्तालाई स्तब्ध पार्दै आठ खेलबाट २० अंक जोडेको छ । तेस्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंकमात्र छ । यही समूहमा रहेको दक्षिण कोरिया सात खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थान कब्जा गरेको छ ।

समूहका शीर्ष दुई टोली विश्वकपमा छनोट हुने भएकाले दक्षिण कोरियाको सम्भावना पनि बलियो छ ।
समूहको तेस्रो स्थानमा रहने टोलीले चौथो चरणमा प्लेअफ खेल्नु पर्नेछ । सन् १९७८ मा पहिलो पटक विश्वकप खेलेको इरान विश्वकप मा सहभागी भएको यो पाँचौंपटक हो । यसअघि सन् १९७८, १९९८, २००६ र सन् २०१४ मा विश्वकप मा सहभागिता जनाए पनि इरान समूहगत चरणभन्दा माथि उक्लन सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.