राजपद्वारा संघीय समाजवादी फोरमको जनकपुर पार्टी कार्यालय घेराऊ

राजपद्वारा संघीय समाजवादी फोरमको जनकपुर पार्टी कार्यालय घेराऊ

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको जनकपुरस्थित पार्टी कार्यालय घेराउ गरेका छन् । निर्वाचनकोविरुद्धमा अनिश्चितकालीन आमहड्तालमा उत्रेको राजपाका कार्यकर्ता बुधबार बजार बन्द गराउनका लागि मोटरसाइकल जुलुस प्रर्दशन गर्दै जनकपुरको पिडारी चोकस्थित फोरमको पार्टी कार्यालय नजिक पुगेपछि विवाद भएको थियो ।

राजपाका कार्यकर्ताले बजार बन्द गराउँदै हिँडेपछि फोरमको पार्टी कार्यालयमा रहेका कार्यकर्ताले लठ्ठी लिएर बाहिर निस्केपछि आक्रोशित भएर राजपा कार्यकर्ता पण् कार्यालय घेराउ गरेको राजपा नेता संजय सिंहले बताउनुभयो ।

फोरम र राजपा कार्यकर्ताबीच केहीबेर तनावको अवस्था सृजना भई झडप हुने सम्भावना समेत बढेको थियो तर, प्रहरीले अत्याधिक संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि अवस्था सामान्य भएको हो । हाल राजपा कार्यकर्ता फोरमको कार्यालय भएको स्थानबाट हटिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.