रौतहटको गौरमा बन्दकर्ता र प्रहरीबीच झडप

रौतहटको गौरमा बन्दकर्ता र प्रहरीबीच झडप

रौतहट : रौतहटको गौरमा राजपा नेपालका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । एकजना प्रहरी घाइते भएका छन् भने तीन जना बन्दकर्ता प्रहरीले पक्राउ गरेको छ ।गौरको सिसुवाचोकमा प्रहरी र बन्द गर्दै हिँडेका राजपाका कार्यकर्ताबीच बुधवार बिहान झडप भएको प्रहरीले जनाएको छ।

झडपमा एकप्रहरी जवान घाइते भएका छन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनको हात भाँचिएको बताइएको छ । प्रहरीले सोस्थन बाट तीन जना राजपाका जिल्ला स्तरीय नेता पक्राउ गरेको छ । राजपाका कार्यकर्ताले सिसुवाचौकमा प्रहरी चढेको एउटा भारतीय नम्बरको जीप तोडफोड गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेमा राजपा जिल्ला नेता रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् ।राजपा नेपालले गौरमा ना ३ ख ५६२२ नम्बरको बसमा ढुँगामुडा समेत गरेका छन् । राजपाका नेता कार्यकर्ता बिहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार क्षेत्र, बसपार्क क्षेत्रमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

बन्दका कारण गौरबाट सार्वजनिक तथा निजी सवारी साधन चल्न सकेका छैनन । गौर चन्द्रनिगाहपुर सडकखण्डमा सवारी साधन चलेका छैनन ।
रौतहटको उतरी क्षेत्र चन्द्रपुर नगर क्षेत्रमा र पुर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.