केन्द्रीय निर्णयविरुद्ध काँग्रेसका कार्यकर्ता विरोधमा
बर्दिया : स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस केन्द्रिय समितिले गरेको प्रमुख पदको उम्मेदवारी निर्णयप्रति नेपाली कांग्रेस बर्दियाले विरोध जनाएको छ ।बर्दियास्थित मधुवन नगरपालिकामा अवस्थित नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को पार्टी कार्यालयमा असन्तुष्ट पक्षहरुले तालावन्दी गर्दै कालो झण्डा गाडेका छन्।
नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णयले बर्दियाको मधुवन नगरपालिकाको मेयर पदमा जग्गाप्रसाद पाण्डेलाई अघि सारेको छ ।
नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर ३ को क्षेत्रीय समितिले मधुवन नगरपालिकाको मेयर पदका लागि प्रेम गुरुङ्ग र बलिराम चौधरीको नाम समेत सिफारिश गरेको थियो । केन्द्रले जनचाहाना विपरित मनोमानी ढङ्गले टिकट वितरण गरेको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गर्दै कालो झण्डा गाडेको स्थानीय दिलिप गुरुङ्गले जानकारी दिनुभयो।