प्रहरी चढेको बसमा राजपाका कार्यकर्ताद्वारा ढुंगा प्रहार

प्रहरी चढेको बसमा राजपाका कार्यकर्ताद्वारा ढुंगा प्रहार

राजविराज: पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहामा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताहरुले प्रहरी चढेको बसमा बुधबार ढुङ्गा प्रहार गरेर सिसा फुटाएका छन्।

बसको सिसा फुटेर प्रहरी सहायक निरीक्षक तेजबहादुर परियार र प्रहरी अनुशा राईको पाखुरामा चोटपटक लागेको प्रहरी नायव उपरिक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो।निर्वाचनमा खटिनका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालयवाट सोलुखुम्बु गइरहेको को १ ख ३८०४ नम्बरको बसमा सवार प्रहरी टोलीमाथि बन्दकर्ताहरुले ढुङ्गा प्रहार गर्दा प्रहरीहरु घाइते भएपछि बसवाट ओर्लेका प्रहरीहरुले लखेटेर दुई जनालाई नियन्त्रणमा लिएका छन्।

ढुङ्गा प्रहार गर्ने सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय शुभकलाल महतो र ३४ वर्षीय विशेश्वर महतोलाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

स्थानीय निर्वाचनको विरोधमा प्रदर्शनमा रहेका दुई जना राजपा कार्यकर्तालाई प्रहरीले लखेटेर नियन्त्रणमा लिई कुटपीट गरेको राजपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.