चुनावपछि प्रधानमन्त्रीको भारत भ्रमण तय हुने

चुनावपछि प्रधानमन्त्रीको भारत भ्रमण तय हुने

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्नु हुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री देउवाले निर्वाचनपछि भारत भ्रमण गर्ने जानकारी गराउनु भएको हो ।

नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने प्रचलन रहदै आएको छ । सोही प्रचलन अनुसार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नु भएको हो । 
दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणको सिलसिलामा आफू पनि भारत आउने प्रयास गर्ने भारतीय राजदूत मञ्जिप सिंह पुरीलाई जानकारी गराउनु भएको हो ।


महरालाई भेटन बुधवार भारतीय राजदूत पुरी सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो । महराले आगामी दिनमा नेपाल भारत वीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निमन्त्रणा दिएको जानकारी गराउँदै त्यस बिषयमा बिचार गरिदिन आग्रह गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.