उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छ : राजेन्द्र महत्तो

उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छ : राजेन्द्र महत्तो

वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महत्तोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको आरोप लगाउनु भएको छ ।

वीरगन्जको घण्टारचोकमा बुधबार आन्दोलनकारी माझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै महत्तोले मानसिक सन्तुलन बिग्रिएकै कारण उपेन्द्र यादव मधेस आन्दोलनका बारेमा अनावश्यक बोल्दै हिँडेको आरोप लगाउनु भएको हो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उपेन्द्र यादवले अहिले राजपाको जारी आन्दोलन सीमापारी भारतबाट आएकाले गरेको भन्दैछन् नि भनेर सोधेको प्रश्नमा राजपा महत्तोले भन्नुभयो, ‘उपेन्द्रजीको मानसिक अवस्था ठिक छ जस्तो लाग्दैन किनकी मानसिक अवस्था ठिक भएका नेताले त्यस्तो बोल्दै बोल्दैनन्। उहाँको मानसिक अवस्था बिग्रिएकाले बर्बाउदै हिडनु भएको छ ।’

राजपा नेता महत्तोले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई केपी ओलीको नयाँ अवतारको संज्ञा समेत दिनुभयो ।

हिजो नाकाबन्दी हुँदा केपी ओलीले मधेस आन्दोलनलाई भारतको आन्दोलन भन्थे, मधेसी नेता र जनतालाई भारतीय भन्थे’, महत्तोले भन्नुभयो ,‘आज आएर उपेन्द्रजीले पनि राजपाको आन्दोलनलाई सीमा पारीको आन्दोलन भन्दैछन्, त्यसैले उनी केपी ओलीको नयाँ अवतार बनेका छन्, थाहा छैन उनीमाथि अहिले कुन भूत सवार भएको छ ।’

महतोले मधेस आन्दोलनमा मधेसी सपुतहरुले दिएको ज्यानको आहूती र बलिदानी नगरपालिकाको मेयर र गाँउपालिकाको मुखियाका लागि नभइ मधेसको अधिकार प्राप्तिको लागि भएको स्पष्ट पारे । महत्तोले भन्नुभयो, ‘अहिले फोरम नेपाल र उपेन्द्र यादव मुखिया र मेयरको मलाई खान मधेसी जनतालाइ छाडेर चुनावमा भाग लिएका छन् , त्यसैले मधेसी जनताले उनको विरोध गरिरहेका छन् ।’

विगतको मधेस आन्दोलनमा फोरम नेपाल र उपेन्द्र यादवले संविधान संशोधन गराएर मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने वाचा दिएको स्मरण गराउँदै महत्तोले अहिले मधेसी जनताले त्यही वाचा फोरम नेपालसंग खोजी रहेको बताउनु भयो।

मधेसीको घाँटी रेटेर बनाइएको विभेदपूर्ण संविधान कार्यान्वयनका लागि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ठप्प लगाउने काम राजपाले नगर्ने भन्दै राजपा नेता महत्तोले यदि बल प्रयोग गरेर जबरजस्ती मधेसमा चुनाव गराइयो भने मुलुकमा अनर्थ हुने चेतावनी दिनुभयो।

एमालेले सहमती नजाएका कारण देखाउँदै संविधान संशोधनका लागि दुई तिहाइ पुगेन भनेर सत्तारुढ दलले बहाना बनाइरहेको भन्दै महत्तोले भन्नुभयो ,‘मधेसीमाथि दमन र शोषण गर्दा तीन दल एक हुन्छन्, विभेदपूर्ण संविधान बनाउदा पनि तीन वटै दल एक भएका थिए, अहिले संविधान संशोधन गर्दा गर्दा दुइ तिहाई पुगेन भनेर बहाना बनाउँदैछन्। ’ मधेसको माग पुरा नभएसम्म कुनै बहानामा मधेसको आन्दोलन नरोकिने उहाँले बताउनु भयो।

सरकारले अहिले पनि वार्ताको नाममा राजपाको जारी आन्दोनलाई अल्झाउने हर्कत गरिरहेको भन्दै महत्तोले अब वार्ताको नाममा मधेसको आन्दोलन नरोकिने बताउनु भयो।

राजपाका नेता पुरुषोत्तम झाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राजपाका महामन्त्री जितेन्द्र सोनल, महासचिव शिव पटेल, केन्द्रीय सदस्य निजामुदिन समानीलगायतको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.