भ्रष्टाचार र अख्तियार

 भ्रष्टाचार र अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अक्सर विवादमा रहिआएको छ, विविध कारणले । नियुक्तिको कारण ऊ विवादित बन्न पुग्यो, लोकमानसिंह कार्की प्रकरणमा । उनलाई विवादास्पद र अति सक्रियताका साथ सर्वोच्च अदालतले हटाएपछि कार्कीका उत्तराधिकारी दीप बस्न्यातको नेतृत्वको उक्त संस्थाले हालै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, अधिकांश घूसघोरी मामिलामा सप्रमाण पक्राउ' मालपोत र नापी विभागका कर्मचारी परेको आधारमा । अर्थात् नापी र मालपोत विभाग सबभन्दा बढी भ्रष्ट संस्थाहरू हुन् भन्ने अवधारणालाई अख्तियारले अनुमोदन गरेको छ ।

लोकमानसिंह कार्की दुई कारणले आलोचित हुने गर्थे, एकथरी (त्यसबेलाका प्रधानमन्त्री सुशील कोइरालालगायत) उनलाई ‘सानो माछा' लाई मात्र छानबिनको जालोमा पारेको आरोप लगाउँथे । अर्कोथरीले प्रतिशोधको रूपमा पदीय दुरुपयोग गरी अन्यायपूर्ण तरिकाले केही व्यक्तिहरूलाई कारबाहीमा पारेको आरोप लगाए । यता दीप बस्न्यात आएपछि पनि ‘घूसको रकम' सहित साना माछाहरू नै अधिकांश आयोगको निगरानीमा रहिरहे, राजस्वका पूर्व प्रमुख चूडामणि शर्माको मामिलाबाहेक । नापी र मालपोतमा बढी भ्रष्टाचार हुन्छ भन्ने सन्देश दिएर केही हदसम्म सार्वजनिक चासोलाई त्यतातिर मोड्न आयोग सफल भएको छ ।

आयोगले भनेको कुराको भुक्तभोगी आम जनता छन् । तर कुनै कारबाहीबिना अर्थात् ती संस्थाहरूले सुध्रिनैपर्ने अवस्था निर्माण गर्न नसक्नु आयोगकै असफलता हैन र ? नापी र मालपोत दुवै जमिनसँग सरोकार राख्छन् मुख्य रूपमा । जमिनको ‘रेकर्ड' यताउता गर्न अदालतको फैसलालाई समेत निस्तेज पार्ने गरी चलखेल हुने गर्छ ती संस्थाहरूमा । जमिनका मालिकहरूले थाहै नपाई ती बेचिएका रिपोर्टहरू एक हैन हजारौं सार्वजनिक भएका छन्, सञ्चारमाध्यममार्फत । भूमाफिया र राजनीतिक संरक्षण प्राप्त प्रशासकहरूको वर्चस्व छ, यी विभागमा । त्यसैले जग्गा, जमिनको ‘रेकर्ड' यताउता सहजै भइरहेको छ, ती कार्यालयमा र त्यहाँका ‘कम्प्युटर' प्रणाली प्राविधिक ‘की' बाट नभएर चलखेल गर्ने राजनीतिज्ञ, प्रशासक र बाबुहरूको भ्रष्ट नियतबाट सञ्चालित हुने गर्छन् ।

‘ऊर्जा' क्षेत्रमा कुलमान घिसिङको पालामा देखिएको सुधारलाई मोडेल मान्ने हो भने मालपोत र नापी विभागको सुचारु कठिन कार्य हैन । भूमाफियासँग आबद्ध कर्मचारीहरूको पहिचान तिनीहरूको सामूहिक स्थानान्तरण र छानबिनसँगै कारबाही अनि शंकास्पद ‘कारोबार' को पुनः समीक्षा गरी नापी र मालपोतका सम्बन्धित कर्मचारीहरू निलम्बन आदि दण्डात्मक कार्य सुरु गर्ने हो भने नापी र मालपोतको अहिलेको ‘बद्नामी' लाई सम्बोधन गर्न सकिने मात्र हैन, त्यसबाट सेवाग्राहीहरूलाई समेत सन्तुष्ट बनाउन सकिन्छ । तर भूमाफिया र जग्गा दलालीमा भएको राजनीतिक घूसपैठ समाप्त नगरी यी दुई संस्थालाई आदर्श सेवा प्रदान तथा विवादरहित बनाउन सकिन्न । तिनीहरूलाई बद्नाम संस्थाको रूपमा प्रस्तुत गरेर मात्र अख्तियार आफ्नो दायित्वमा सफल भएको मान्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.