दोस्रो चरणको चुनावबारे निर्वाचन आयोगसँग परामर्श

दोस्रो चरणको चुनावबारे निर्वाचन आयोगसँग परामर्श

काठमाडौं :  स्थानीय तहको दोस्रो चरणको निर्वाचनबारे सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको छ ।  सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग चुनावको तयारी र मनोनयन दर्ताबारे छलफल गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका सहयोगी बद्रि सिग्देलले बताउनुभयो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त, चार निर्वाचन आयुक्त र निर्वाचन आयोगका सचिव उपस्थित हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु परामर्शमा सहभागी हुनुहुन्छ ।

राजपा चुनावमा आउने भएपछि केही स्थानमा अर्को चरणमा र मनोनयन दर्ता पनि केही दिन पर सार्न सकिने/ नसकिनेबारे आवश्यक परामर्श सरकारले लिइरहेको सिंग्देलले बताउनुभयो ।

असार १४ गते हुने दोस्रो चरणको चुनावका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । राजपा चुनावमा आउने भएपछि केही समय चुनाव सार्ने मनस्थितिमा सरकार पुगेको छ । सरकारले केही बेरपछि राजपासहित अन्य दलसँग छलफल गर्ने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.