एमाले नेताहरुलाई प्रधानमन्त्रीको टेलिफोन

एमाले नेताहरुलाई प्रधानमन्त्रीको टेलिफोन

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै पार्टी नेपाली काँग्रेसका नेताहरुले २ नम्बर प्रदेशको चुनाव सार्न दबाब दिएको खुलासा भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुलाई टेलिफोन गरी चुनाव सार्न सहयोग गरिदिन आग्रह गरेपछि प्रधानमन्त्री देउवामाथि परेको दबाबको खुलासा भएको हो ।

सर्वदलीय बैठक र पार्टीका बैठकमा एमालेका नेताहरुले चुनाव सार्ने षडयन्त्र प्रति सचेत रहन आग्रह गर्न थालेपछि प्रधानमन्त्री देउवाले टेलिफोन गरी चुनाव सार्न सहयोगको अपिल गर्नु भएको हो ।

‘मेरै पार्टीका साथीहरुले चुनाव सार्न दबाब दिएका दियै छन,तपाईहरुले सहयोग गरिदिनुपरयो'एमाले नेताहरु समक्ष देउवाले टेलिफोनमा भन्ने गर्नु भएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले नेताहरुले आफनो पार्टीका नेताहरुलाई ठीक ठाउँमा राख्न र चुनाव सार्ने खेलमा नलाग्न चेतावनी दिने गरेका छन्।

‘तपाईलाई तपाईकै पार्टीका मान्छेहरुले असफल गराउन खोजिरहेका छन् त्यो कुरा बुझनुस' एमाले नेताहरुले देउवालाइ सुझाव दिएका छन् । स्रोतका अनुसार जवाफमा देउवाले ‘त्यो कुरा बुझेको छु' भन्ने जवाफ दिनेगर्नु भएको छ ।

स्रोतका अनुसार दुइ नम्बर प्रदेशको चुनाव कात्तिकका लागि सार्ने र आगामी माघ ७ गते सकिने प्रतिनिधिसभाको म्याद एक बर्ष थप्ने गृहकार्य चलिरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.