दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय

काठमाडौं : प्रमुख राजनीतिक दलको बैठकले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित गर्ने निर्णय गरेको छ।

सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले दुई नम्बर प्रदेशमा भइरहेको र हुन सक्ने हिंसात्मक गतिविधिलाई ध्यानमा राखेर निर्वाचन सर्ने निर्णय गरेका हुन्।

तराई मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) लाई समेत सहभागी गराइएको बैठकले दुई नम्बर प्रदेशको निर्वाचनलाई तेस्रो चरणमा गर्ने निर्णय गरेको हो।

निर्वाचन बिथोल्ने गरी राजपाले हिंसात्मक संघर्ष गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन बिहीबार दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरेको हो।

बैठकमा सहभागी गृहमन्त्री जनार्दन शर्माका अनुसार दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै गर्ने निर्णय भएको छ। दुई नम्बर प्रदेशको निर्वाचन कहिले गर्ने भन्ने मिति तोकिएको छैन।

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने राजनीतिक दलको निर्णयका बारेमा सरकार र निर्वाचन आयोगबीच अपरान्ह ३ बजे बैठक हुँदैछ।

नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसालका अनुसार दुई नम्बर प्रदेश बाहेक एक, पाँच र सात नम्बर प्रदेशमा असार १४ गते नै निर्वाचन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.