एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाईते
गुल्मी । दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा गुल्मीमा नेपाली कांग्रेसर नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । दरवार गाउँपालिका—४ विरवासमा प्रमुख दुई पार्टीका कार्यकर्ताबीच भएको झडपमा दुई जना घाईते भएका छन । घाईते हुनेमा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओम बहादुर रजाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घाईते दुवै जनाको टाउकोमा सामान्य चोट लागेको र जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको प्रहरी प्रमुख भोला बहादुर रावलले जानकारी दिनुभयो ।
बुधवार राती ९ बजेतिर कार्यकर्ता एकै ठाउँमा जम्मा भई मादक पदार्थ सेवन गरेको र सो क्रममा सामान्य भनाभन भएको प्रहरीले जनाएको छ । ‘मदिरा सेवन गरेका कारण झडप भएको हुनसक्छ’ उहाँले भन्नुभयो , ‘अनुसन्धान गरिरहेका छौं ।’
घटनामा संलग्न चार जना मध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार छन् । घाईते दुबै एमाले कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।