उपेन्द्र यादवलाई विराटनगरमा कालो झन्डा देखाइयो

उपेन्द्र यादवलाई विराटनगरमा कालो झन्डा देखाइयो

विराटनगरः संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचनलाई संघर्षकै स्वरुप भन्दै आन्दोलनले प्राप्त उपलब्धी रक्षा गर्न आफूहरु निर्वाचनमा होमिएको बताउनुभएको छ ।


सशस्त्र जनविद्रोह, मधेश आन्दोलन र जनआन्दोलनको बलमा स्थापित संघीय गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको बताउँदै यादवले विराटनगरमा विहीबार आयोजित कार्यक्रममा भन्नुभयो, ‘मलाई मधेशको मुद्दा छाड्यो भनेर हल्ला पिटाएका छन तर प्राप्त भएको उपलब्धि चुनावमा नगई कसरी रक्षा गर्ने ?’ यादवले गाउँनगरहरुमा जनताले चुनेका प्रतिनिधि आएपछि अधिकारको वकालत उनीहरुबाटै हुने चर्चा गर्दै राज्य र संघीय चुनावमा जनताले जिताएर प्रतिनिधि पठाएपछि जनअधिकार तलैसम्म आउने बताउनु भयो ।


एकजातीय र एकल शासन प्रणालीबाट मुलुक संघीय गणतन्त्रमा गएपनि बनेको संविधानले केन्दलाई नै बढी शक्तिशाली बनाएकोले संशोधनमार्फत त्यसलाई तल्लो तहसम्म ल्याउने पर्ने मागबाट आफू विचलित नभएको बताउँदै यादवले भन्नुभयो,‘केही त अधिकार आएको छ नी, आरक्षणबाट मधेशी समुदायले विस्तारै अवसर पाउँदै गएका छन तर निर्वाचनमै नजाँदा यथास्थितिवादीले यो व्यवस्था नै उल्ट्याउने षडयन्त्र गर्न सक्छन ।’

यादवले चुनावले नै आफूहरुको राज्यसँगको मागलाइ अझ दह्रो बनाउने र संघर्षले एकात्मक राजतन्त्र ढलेर गणतन्त्र प्राप्त भएजस्तै आफूहरुको माग पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अशो अटल, चन्द्रशेखर धाडेवासहितका व्यवसायीलाई यादवले पार्टीमा प्रवेश गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.