इथोपियाले गिरीलाई अवैतनिक वाणिज्यदूत तोक्यो
काठमाडौं : इथोपियाका तर्फबाट नेपालका लागि अवैतनिक वाणिज्यदूतमा राजेन्द्र गिरी नियुक्त हुनुभएको छ ।
इथोपियाका तर्फबाट नेपालका लागि अवैतनिक वाणिज्यदूतको कार्यालय कालिकास्थान, काठमाडौंमा बुधबार नै स्थापना गरिएको छ । गिरीलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त भएको पत्र परराष्ट्र मन्त्रालयले दिइसकेको छ ।
गिरी नियुक्त भएको अवसरमा राजधानीमा बुधबार एक समारोह आयोजना भएको छ । कार्यक्रममा बोल्दै गिरीले नेपाल र इथोपिया बीचको ब्यापार, पर्यटन प्रबर्धनका लागि आफूले पहल गर्ने बताउनुभयो।
पूर्वमन्त्री गणेश शाहले गिरीलाई नेपाल र इथोपिया बीचको सम्बन्ध प्रवद्र्धनमा भूमिका खेल्न शुभेच्छा व्यक्त गर्नुभयो । इथोपियाका तर्फबाट नेपालका लागि गैह्रआवासीय राजदूत अस्फ डिङगामोले दुई देशबीच व्यापार, पर्यटनका क्षेत्रमा सहकार्य गर्ने संभावना रहेको बताउनुभयो । उहाँले नवनियुक्त अवैतनिक वाणिज्यदूत गिरीलाई कार्यकाल सफलताको शुभकामना पनि दिनुभयो ।