बर्न्स भायोलेन्स सर्भाइभर्सलाई नबिलको सहयोग
काठमाडौं : नबिल बैंकले एसोसिएसन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बन्र्स भायोलेन्स सर्भाइभर्स नेपाललाई सहयोग गरेको छ । बैंकले बर्न्स भायोलेन्स सर्भाइभर्स नेपाललाई एक लाख रुपैयाँ बराबरको खाने कुरा, स्टेसनरी, स्कुल ब्याग, छाता, जुत्ता पोलिस, नरिवलको तेल, पौष्टिक आहार तथा अन्य दैनिक आवश्यक पर्ने सामग्री प्रदान गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री २० जना बालबालिकालाई वितरण गर्न बिहीबार उक्त संस्थालाई सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । बन्र्स भायोलेन्स सर्भाइभर्स नेपाल संस्था आगलागीबाट हुने हिंसा दुर्घटनाका पीडित महिला तथा बालबालिकाको सुरक्षा, रोकथाम, वकालत, दिर्घकालीन स्वास्थ्यलाभ तथा पुन:वासको काम गर्दै आएको छ । संस्थाले हालसम्म ६ सयभन्दा बढी आगलागीपीडित बिरामीलाई चिकित्सा तथा सर्जिकल सहयोग उपलब्ध गराएको छ ।
आगलागीबाट पीडित बालबालिकालाई शिक्षा सेवा पुर्याउने उद्देश्यले नबिल बैंकले एसोसिएसन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँगको सहकार्यमा शैक्षिक तथा दैनिक आवश्यक पर्ने सामग्री प्रदान गरेको हो । नबिल बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीले उक्त सामग्री बन्र्स भायोलेन्स सर्भाइभर्स नेपाललाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले यस्तो पवित्र कार्यमा सहभागी हुन पाएकोमा सन्तुष्टी व्यक्त गर्नुभयो ।