क्यानभास टुको पुनरागमन

क्यानभास टुको पुनरागमन

काठमाडौं : माइक्रोम्याक्सको सफल उत्पादन क्यानभास टु स्मार्टफोनको पुनरागमन भएको छ । क्यानभास टुले विश्व स्मार्टफोनको बजारमा पाएको सफलतालाई मध्यनजर गर्दै कम्पनीले यो स्मार्टफोनको नयाँ भर्जन ‘क्यानभास टु २०१७' सार्वजनिक गरेको हो । पहिलो पटक सन् २०१२ मा सार्वजनिक भएको क्यानभास टुलाई परिमार्जित गर्दै कम्पनीले नयाँ प्रविधि र आकर्षण डिजाइनका साथ १५ हजार तीन सय रुपैयाँ मूल्यमा नेपाली बजारमा भित्राएको छ ।

सन् २०१२ मा पहिलो पटक सार्वजनिक भएको क्यानभास टु विश्व बजारमा आठ लाखभन्दा बढी बिक्री भएको थियो । मिड रेन्जको स्मार्टफोनको रूपमा सन् २०१२ मा सार्वजनिक भएको क्यानभास टु माइक्रोम्याक्स ब्रान्डकै एउटा उत्कृष्ट उत्पादनका रूपमा हेरिएको छ । त्यस समय यसमा प्रयोग भएको प्रविधिले ग्राहकलाई आकर्षण गरेको थियो । त्यसलाई अझ परिष्कृत गर्दै कम्पनीले नयाँ भर्जन ‘क्यानभास टु २०१७' सार्वजनिक गरेको हो ।

केही सयमअघि विश्व बजारमा सार्वजनिक भएको क्यानभास टु २०१७ पाँच दिनअघिमात्र नेपाली बजारमा माइक्रोम्याक्सको आधिकारिक आयातकर्ता तथा वितरक पशुपति ट्रेडलिंक प्रालिले यसलाई बजारमा ल्याएको हो । भित्रिएको केही समयमै यो स्मार्टफोनले विश्व बजारका साथै नेपाली बजारमा समेत चर्चा बटुलीसकेको बताउनुहुन्छ पशुपति ट्रेडलिंक प्रालिका नेसनल सेल्स म्यानेजर भुपाल क्षेत्री । उहाँका अनुसार पहिले यसमा प्रयोग भएको स्क्रिन सबैको चासोको विषय बनेको छ । नफुट्ने (अनब्रेकेबल) स्क्रिनका साथ बजारमा आएको क्यानभास टु २०१७ लाई ‘कर्निङ गोरिल्ला ग्लास ५' मार्फत सुरक्षित गरिएको छ जुन मिड रेन्जको स्मार्टफोनमा पहिलो पटक प्रयोगमा आएको हो ।

फोनको स्क्रिन सुरक्षित राख्न ‘कर्निङ गोरिल्ला ग्लास ५ को साथमा स्पोर्टिङ २.५डी कभर ग्लास प्रयोग भएको छ । स्पोर्टिङ २.५डी कभर ग्लास अन्य ग्लासको तुलनामा चार गुणा बढी सुरक्षित हुन्छ । कम्पनीले स्मार्टफोनमा प्रयोग भएको स्क्रिन सुरक्षाको प्रत्याभूतिका लागि एक वर्षसम्म स्क्रिनमा वारेन्टी प्रदान गर्ने क्षेत्रीले जानकारी दिनुभयो ।

बजेटअनुकूल फोनको रूपमा बजारमा आएको क्यानभास टु २०१७ को मुख्य आकर्षण यसमा प्रयोग भएको तीन जीबी र्‍याम हो । स्पोर्ट्स ए ५ इन्चको एचडी डिस्प्ले प्रयोग भएको स्मार्टफोनमा १६ जीबी रोम छ । यसलाई एसडी कार्डको प्रयोग गरी ६४ जीबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइडको पछिल्लो भर्जन ओएस एन्ड्रोइड ७.० मा आधारित यो स्मार्टफोन क्वाड–कोर १.३ गिगाहर्ज (मिडियाटेक ६७३७) प्रोसेसरबाट सञ्चालित छ । यसले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ ।

एकैपटकमा धेरैवटा एप्ससँग घुलमिल हुने अवसर पनि प्रदान गर्नेछ । यो स्मार्टफोनमा प्रयोग भएको ‍र्‍याम, रोम, ओएस र प्रोसेसर यो प्राइस सेग्मेन्टको स्मार्टफोनमै उत्कृष्ट हो । डिजाइनको आधारमा हेर्ने हो भने अगाडिको भागको ग्लास स्क्रिन र मेटलवडीले यो स्मार्टफोनलाई प्रिमियर स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । सुरक्षाका लागि अगाडिको भागमा प्रयोगमा ल्याइएको फिंगर प्रिन्ट सेन्सरले स्मार्टफोनलाई अझ प्रभावकारी तुल्याएको छ ।
फ्ल्याससहित १३ मेगापिक्सेल रियर क्यामरा रहेको यो स्मार्टफोनमा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । क्यामरामा बोके, प्यानोरोमा र एचडीआर जस्ता विभिन्न मोड उपलब्ध छन् जसले क्यामरामा रमाउन चाहने प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कनेक्टिभिटीको आधारमा स्मार्टफोनले फोरजी (एलटीई) नेटवर्क सपोर्ट गर्नेछ । यसमा वाइफाइ, ब्लुटुथ र जीपीएसलगायत फिचर्स छन् । डबल सिमको साथ आएको यो स्मार्टफोनमा झिक्न नमिल्ने ३०५० एमएएच क्षमताको ब्याट्री प्रयोग भएको छ जसले एक पटकको चार्जमा स्मार्टफोनलाई लामो समयसम्म टिक्न मद्दत गर्छ । यो स्मार्टफोन लामो यात्रामा जाने पर्यटकका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । यो स्मार्टफोन कालो र गोल्ड गरी दुई रंगमा बजारमा आएको छ । ‘मिड सेगमेन्टका स्मार्टफोनका लागि यो उदाहरणीय छ', क्षेत्री भन्नुहुन्छ, ‘मूल्यमा अन्य स्मार्टफोनभन्दा सस्तो भए पनि फोनमा प्रयोग भएको प्रविधि र बनावटका आधारमा कुनै कमी छैन । कम्पनीले आफ्नो ब्रान्डको पहिचानको रूपमा रहेको गुणस्तरीयतालाई यो स्मार्टफोनमा समेत निरन्तरता दिएको छ ।


माइक्रोम्याक्स क्यानभास टु
मोडल : क्यू४३१०
डिस्प्ले : ५.० इन्च
प्रोसेसर : क्वाड–कोर १.३ गिगाहर्ज
फ्रन्ट क्यामरा : १३ मेगापिक्सेल
रियर क्यामरा : ५ मेगापिक्सेल
रिजोलुसन : ७२० गुणा १२८० पिक्सेल
र्‍याम : ३ जीबी
ओएस : एन्ड्रोइड ७.०
स्टोरेज : १६ जीबी
ब्याट्री : ३०५० एमएएच


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.