कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेशमा रोक
विराटनगर : विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनमा खटिने कर्मचारीलाई नै प्रवेशमा रोक लगाइएको छ । निर्वाचन कार्यालयले निर्वाचन केन्द्रमा खटिने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि कर्मचारीलाई सास्ती भएको छ । वीरेन्द्र सभागृहमा रहेको कार्यालयमा खटिएका सशस्त्र र जनपद प्रहरीले कर्मचारीलाई बिहानैदेखि प्रवेशमा रोक लगाएका हुन ।
राष्ट्रिय जनता पार्टी नेपालले क्षेत्रीय निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दी कार्यक्रम घोषणा गरेर भूमिप्रशासन चौक केन्द्रीत कार्यक्रम गरे पनि सुरक्षाकर्मीले क्षेत्रीय निर्वाचन कार्यालय भन्दा करिब २ किलोमटिर उत्तरमा रहेको वीरेन्द्र सभागृहको कार्यालयमा कडिकडाउ गरेका हुन । जिल्लाका विभिन्न ठाउँबाट आएका निर्वाचनमा खटिने कार्मचारीले आफू खटिनु पर्ने नामावाली र स्थानबारे जानकारी नलिई फर्केका छन ।
मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले राजपाका कार्यकर्ताको प्रदर्शनबाट कुनै अप्रीय घटना नहोस भनेर कर्मचारीलाई पनि प्रवेश गर्न रोक लगाइएको बताउँदै भन्नुभयो,‘सहज भएपछि नामावली हेर्न रोक लगाइने छैन ।’ लिस्ट कार्यालय परिसर भित्र टाँसिएकोले कर्मचारीलाई नामावली हेर्न सास्ती भएको हो । मोरङका ६ सय ५९ मतदान केन्द्र र ३ सय मतदानस्थल तय गरिएको छ । जसमा ६५ मतदाना स्थल अतिसम्वेदनशील, १ सय ४४ सम्वेदनशील र ८१ सामान्य सूचिमा राखिएको छ ।