राजेश र मधु पहिलो पटक एकसाथ अभिनयमा

राजेश र मधु पहिलो पटक एकसाथ अभिनयमा

महानायक राजेश हमाल अभिनयमा लागेको २५ वर्षभन्दा धेरै भइसकेको छ । यसबीचमा उनले सैयौं चलचित्रमा अभिनय गरे । म्युजिक भिडियो, विभिन्न ब्रान्डका विज्ञापनमा पनि उत्तिकै रुचाइएका अभिनेता हुन् हमाल । लामो समय पर्दामा एकछत्र छाएका राजेश सामाजिक रूपमा पनि त्यत्तिकै प्रतिष्ठित मानिन्छन् । चलचित्र वा कलाक्षेत्रसँग सम्बन्धित कुनै पनि कार्यक्रममा उनको उपस्थिति भव्यताको सूचकजस्तै मानिन्छ ।

लामो अभिनय यात्राका क्रममा हमालले दर्जनौं अभिनेत्री एवं मोडेलसँग अन्स्क्रिन रोमान्स गरेका छन् । तर उनले पहिलो पटक पत्नी मधुसँग ब्ह्लि ओकेको विज्ञापनमा एकसाथ काम गरेका छन् । मधुले आफूलाई अभिनयमा रुचि नभएको पहिले नै स्पष्ट पारेकी थिइन् तापनि उनले ब्ह्लि ओकेको विज्ञापनमा काम गरेकी छन । त्यत्तिमात्रै होइन यसका लागि पति हमालसँग अभिनयका बारेमा टिप्स पनि लिएकी छन् । मधुले किन अभिनय गरिन् त पति हमालका साथ ब्ह्लि ओकेको विज्ञापनमा ? 'मैले ब्ह्लि ओकेको विज्ञापनमा हुन्छ भने किनकि यो युनिलिभर नेपालको विश्वासिलो ब्रान्ड हो', मधुले भनिन, 'युनिलिभर नेपालको धेरैजसो प्रोजेक्ट राम्रो उद्देश्यका लागि हुने भएकोले म निर्धक्क भएर यस आबद्ध भएकी हुँ ।'

महानायक हमालले पनि पत्नीसँग अभिनय गर्दा रमाइलो अनुभव बटुले । 'आफूले विश्वास गरेको ब्रान्डसँग काम गर्दैछौं', हमालले भने, 'ब्ह्लि ओकेसँगको यो आबद्धता मेरो लागि अझ विशेष छ किनकि यसमा म र मधुले पहिलो पटक सँगै काम गरेका छौं ।' घर-गृहस्थीमा सबैलाई आवश्यक पर्ने उत्पादन भएकाले यसमा काम गरेको हमालको भनाइ छ । 'मधुको पहिलो प्रयास हो । उनलाई अभिनयमा रुचि छैन तर पनि ब्ह्लि ओकको विज्ञापनमा पहिलो पटक अभिनय गरेकी छन्', हमालले भने ।

राजेश र मधुको पहिलो भेट युनिलिभर नेपालको कार्यक्रम लक्स ब्युटी कन्टेस्टमा भएको थियो । यसले पनि मधुलाई युनिलिभर नेपालको ब्ह्लि ओकेका लागि काम गर्न प्रेरित गरेको उनको भनाइ छ । 'मैले राजेशलाई पहिलो पटक लक्स ब्युटी कन्टेस्टमा भेटेको हुँ । जुन युनिलिभर नेपालकै कार्यक्रम थियो', मधुले भनिन्, 'अहिले सोच्दा उहाँसँगको मेरो यात्रा युनिलिभरसँगै सुरु भएको भन्न सक्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.