आमा हुनु त अमाल जस्तो

आमा हुनु त अमाल जस्तो

गत सातादेखि हलिउडमा जुम्ल्याहा बच्चाको चर्चा हुन थालेछ । हलिउड स्टार एवं जर्ज क्लोनी उनकी पत्नी अमाल क्लोनीको कोखबाट जन्मिएका यी जुम्ल्याहा बच्चा जन्मँदै चर्चा बोकेर आएका छन् । लेबनानमा जन्मेर बेलायतमा हुर्किएकी अमालको कोखबाट जन्मिएका इल्ला र अलेक्जेन्डरले जन्मँदै हलिउडको ध्यान खिचेका छन् । सँगै उनीहरूको राष्ट्रियताका बारेमा समेत बहस सुरु भएको छ ।

आमा अमाल बेलायती भएकाले उनीहरू बेलायती नागरिक बन्न पाउनेछन् । तर बाबु अमेरिकी भएकाले त्यहाँको नागरिकता पनि पाउने अधिकार राख्छन । जन्मँदै दुईवटा विश्व महाशक्ति राष्ट्रको नागरिक हुन पाउने अधिकारका कारण यसबारेमा उनीहरूको चर्चा भएको हो । क्लोनीको पारिवारिक वकिल आतोउसा साइले यी बच्चाले बाबुको तर्फबाट अमेरिकी नागरिक वा आमाको तर्फबाट बेलायती नागरिक बन्न पाउने बताएका छन् ।

मानवअधिकावादी वकिलको रूपमा ख्याति कमाएकी अमालसँग पनि बेलायत र लेबनान दुवै मुलुकको नागरिकता रहेको बताइएको छ । लेबनानी कानुनअनुसार लेबनानका महिलाले अन्य मुलुकका नागरिकसँग विवाह गरे पनि त्यहाँको नागरिक कायम रहन्छ । 'रोयटसर्' का अनुसार लेबनानका ७७ हजारभन्दा धेरै महिलाले यो कानुनी समस्या झेलिरहेका छन् ।

हलिउड स्टार जर्ज क्लोनी र उनकी पत्नी अमाल क्लोनीका जुम्ल्याहा बच्चा जन्मँदै चर्चामा आएका छन् । आमा अमाल बेलायती भएकाले उनीहरू बेलायती नागरिक बन्न पाउनेछन् भने बाबु अमेरिकी भएकाले त्यहाँको नागरिकता पनि पाउने अधिकार राख्छन । जन्मँदै दुईवटा विश्व महाशक्ति राष्ट्रको नागरिक हुन पाउने अधिकारका कारण उनीहरूको राष्ट्रियताका बारेमा चर्चा भएको हो ।

बुहारी अमाललाई उनका ससुरा निक क्लोनीले एक रवाफिलो महिलाको रूपमा व्याख्या गरेका छन् । निकले आफ्नो छोराले एउटा प्रभावशाली र उदारवादी महिलालाई विवाह गरेकोमा उनले खुसी व्यक्त गरेका छन्् । उनले आफ्नो नातिनातिनालाई 'पर्फेक्ट बेबी' भनेका छन् । नातिनातिनाको नाक हजुरबुवा (आफ्नो जस्तै) भएको भन्दै ठट्टा पनि उनले गरेका छन् । बच्चाको कपाल भने अमालको जस्तै कालो रङको भएको बताइएको छ । पति जर्जले पत्नी अमालको लागि कुनै कमी नहोस् भनेर किंग्स्टन विंग अफ लन्डनस्थित चेल्सी एन्ड वेस्टमिन्स्टर हस्पिटल पूरै बुक गरेको बताइएको छ ।

५६ वर्षीय हलिउड अभिनेता जर्ज क्लोनी र ३९ वर्षीया अमालले सन् २०१४ मा विवाह गरेका हुन् । मानवअधिकारवादी वकिलको रूपमा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकी अमालले संसारका ठूला र चर्चित मुद्दाको वकालत हेरेर चर्चा कमाएकी हुन् । अमालले वकालत गरेका विश्वचर्चित मुद्दामध्ये 'विकिलिक्स' का संस्थापक अध्यक्ष जुलियन असान्जको मुद्दा पनि हो । आसान्जको अधिकारको पक्षमा वकालत गर्दै उनले कसैलाई पनि बन्दुकको बलले दबाएर राख्न नहुने तर्क गरेकी थिइन् ।

अमालको चर्चित वकालतमा युक्रेनका प्रधानमन्त्री युलिया त्यामोसेन्को मुद्दा पनि हो । अमालले युलियाको पक्षमा मुद्दा लडेपछि उनलाई थप चर्चामा ल्यायो । सिरियाली मामिलामा कोफी अन्नानको लागि संयुक्त राष्ट्रसंघको प्रतिनिधि भएर काम गरिसकेकी अमालले जर्मनी चान्सलर एन्जेला मार्केललाई बर्लिनमा शरण लिइरहेका सिरियाको शरणार्थी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा सल्लाह दिएपछि झनै चर्चा कमाइन् ।

'कसैलाई जेलमा कोच्नुभन्दा पहिले उसको मानवअधिकारका बारेमा विचार गर्नुपर्छ', अमालले भनेकी थिइन्, 'मानवअधिकार सबभन्दा माथि हुन्छ र संसारका कुनै पनि मुलुकले मानवअधिकारलाई सम्मान गर्नुपर्छ ।'

अमालको अनुभवमा अरेबियन मुलुकमा मानवअधिकार हनन्का घटना धेरै भएका छन् । त्यहाँका नागरिकले फरक खालको मानवअधिकार संकट झेल्दै आएको उनको भनाइ छ । यस्ता समस्या वार्तामार्फत समाधान गरिनुपर्छ भन्ने मान्यता राख्ने उनले सुडान, इरान, उत्तरकोरिया, यमनलगायतका विभिन्न मुलुकको शासन प्रद्धतिप्रति आपत्ति जनाउँदै आएकी छिन् । हलिउडमा पछिल्लो समय रोयल कपलको रूपमा चिनिएका यो जोडी जुम्ल्याहा बच्चाका अहिले संसारभर चर्चामा छन् ।
(एजेन्सीको सहयोगमा)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.